१५ बैशाख २०८१, शनिबार

एमाले अध्यक्ष ओली सुदूरपश्चिम आउदै




धनगढी / स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन नेकपा ( एमाले) का अध्यक्ष केपीशर्मा ओली चुनावी कार्यक्रमका लागि वैशाख २२ गते सुदूरपश्चिम आउनु हुने भएको छ ।

एमालेका उम्मेदवार जिताउन आयोजना हुने स्थानीय तहका आमसभालाई सम्वोधन गर्न अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश आउनु हुने भएको हो ।

उहाँले २२ गते कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाका अनुसार अध्यक्ष ओलीले कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका र बर्दगोरीया वा लम्कीचुँहा मध्ये एक स्थानमा पनि चुनावी आमसभालाई सम्वोधन गर्नु हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार