१६ बैशाख २०८१, आईतवार

गूड फ्राइन्ड हो ( उहाँ स्वतन्त्र ) तर पार्टी सिस्टममा व्यक्तीले केही गर्न सक्दैन : आरजू देउवा



धनगढी / नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजू देउवा राणा देउवाले धनगढीका नगर प्रमुख नृपहादुर वडले देशभरमै उत्कृष्ट काम गरेकोले फेरि वडलाई नै उम्मेदवार बनाइएकी छन् ।

अघिल्लो स्थानीय चुनावमा काँग्रेसले कम ठाउँमा जितेको थियो तर धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा देशभरीमै उत्कृष्ट काम भएको छ सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन यस्तो राम्रो काम गर्नेको विकल्प सोच्न पनि सकिदैन ।

धनगढी भनेको मुख्य सडक मात्र होइन गाउँगाउँमा धेरै काम भएको छ उनले भनिन, विगतमा केन्द्र र प्रदेशमा काँग्रेसको सरकार नहुँदा पनि वडले राम्रो काम गर्नुभयो ।

नेतृ देउवाले वडकै कारण धनगढीमा होटल, रेष्टुरेन्ट बढेर व्यापार पनि राम्रो भएको चर्चा गरिन । नगर प्रमुख हुँदा वडले गरेका काम सबैतिर चर्चा हुन्छ हामीले गर्व गर्नुपर्छ तर हामी काँग्रेसले प्रचार गर्न जान्दैनौ उनले भनिन ।

धनगढी उपमहानगरमा वडले गरेका कामको विवरण सुनाउदै नेतृ देउवाले भनिन, हामी सरकारमा नहुँदा पनि कोभिडमा उहाँले लाखौलाई खाना खुवाएर देशभर पठाउने व्यवस्था गर्नुभयो ।

वड फेरि नगर प्रमुख भएमा आफूले काँग्रेसको नगर प्रमुख छ भनेर धेरै काम ल्याउन सक्ने उनले दावी गरिन । उपमहानगरले विद्यालय भवन, पुल पुलेसामा पनि उल्लेख काम गरेको पनि उनको भनाइ छ ।

वडजी दलित समुदायबाट आएर नेतृत्व गर्नु भनेको ठूलो कुरा हो त्यसैले उहाँलाई अझै मौका दिनुपर्छ नेतृ देउवाले भनिन , वडले जित्नु हुन्छ र हामी धनगढीलाई महानगरपालिका बनाउने बाटोमा लाग्ने छौ ।

एउटै परिवारमै पनि कुरा मिल्दैन, पार्टीमा पनि मतभेद हुन्छन् तर मतभेद भयो भन्दैमा पार्टीलाई हराउन लाग्नु हुँदैन उनले काँग्रेस कार्यकर्तालाई आग्रह गर्दे भनिन हामी सबै मिलेर काँग्रेस जिताउन लागौ ।

उनले एमाले अध्यक्ष केपी ओलीको संविधान विरोधी गतिविधी गरेका कारण अहिलेको गठवन्धन बनेको बताउदै, संविधानको रक्षा गर्न एउटै घर जस्तो भएको गठवन्धनलाई जिताउन पनि आग्रह गरिन ।

गठवन्धन भएकोले एक अर्काको पार्टीमा भोट हाल्न कठिनाइ मान्नु हुन्न भन्ने आग्रह पनि नेतृ देउवाको छ । उनले धनगढीको उपप्रमुख लड्नु भएकी माओवादी नेतृ शान्ती अधिकारी सुझबुझ भएको सामाजिक अभियन्ता भएकोले जिताउनु पर्ने जिकिर गरिन ।

व्यक्तिका वारेमा केही भन्नु छैन गूड फ्राइन्ड हो ( उहाँ स्वतन्त्र ) राम्रो मित्रता छ , पारिवारिक नाता छ । तर पार्टी सिस्टममा व्यक्तिले केही गर्न सक्दैन त्यसैले गठवन्धनका प्रमुख, प्रमुख र वडाअध्यक्षलाई जिताउन आग्रह गर्छु उनले भनिन ।

फरक प्रसंगमा नेतृ देउवाले चुनावमा हार जीत जे पनि हुन्छ तर हारेपछि पनि अहिलेको गठवन्धन नटुट्ने विश्वास व्यक्त गरिन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार