६ जेष्ठ २०८१, आईतवार

यी हुन अछामको मेल्लेखका एमाले र एकीकृत समाजवादी गठवन्धनका उम्मेदवार




धनगढी / एक अर्कालाई देशभर निषेध गरिरहेका नेकपा (एमाले) र एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) वीच अछामको एक पालिकामा चुनावी तालमेल भएको छ ।

अछामको मेल्लेख गाउँपालिकामा चुनावी तालमेल भएको हो । दुई पार्टीवीच भएको सहमति अनुसार सो पालिकामा एमालेले अध्यक्ष र समाजवादीले उपाध्यक्षको उम्मेदवार उठाएको छ ।

एमालेबाट भीम खड्का अध्यक्ष र समाजवादीबाट समिता महर साउद उपाध्यक्ष उठेकी छन् ।

उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबार दुई पार्टीवीच समहमति भएको हो एमाले अछामका सचिव भीमवहादुर रावलले बताए ।

सहमति भएपछि समाजवादीका अध्यक्षका उम्मेदवार डम्मर नेपाली र एमालेका उपाध्यक्षका उम्मेदवार चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएकी थिइन ।

आठवटा वडा रहेको पालिकामा सात वडा एमाले र समाजवादीले एउटा वडाको अध्यक्षको उम्मेदवार उठाएका छन् ।

सो पालिका बासिन्दा समेत रहेका एमालेका नेता कृष्णप्रसाद जैसी र समाजवादीका जिल्ला अध्यक्ष हिरण्य भट्टराईको पहलमा सो समझदारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार