अछामको मेल्लेखमा एमाले र समाजवादीवीच चुनावी तालमेल
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2022/04/Mellekha-768x512.jpg?resize=720%2C480&ssl=1)
धनगढी / एक अर्कालाई देशभर निषेध गरिरहेका नेकपा (एमाले) र एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) वीच अछामको एक पालिकामा चुनावी तालमेल भएको छ ।
अछामको मेल्लेख गाउँपालिकामा चुनावी तालमेल भएको हो । दुई पार्टीवीच भएको सहमति अनुसार सो पालिकामा एमालेले अध्यक्ष र समाजवादीले उपाध्यक्षको उम्मेदवार उठाएको छ ।
एमालेबाट भीम खड्का अध्यक्ष र समाजवादीबाट समिता महर साउद उपाध्यक्ष उठेकी छन् ।
उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबार दुई पार्टीवीच समहमति भएको हो एमाले अछामका सचिव भीमवहादुर रावलले बताए ।
सहमति भएपछि समाजवादीका अध्यक्षका उम्मेदवार डम्मर नेपाली र एमालेका उपाध्यक्षका उम्मेदवार चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएकी थिइन ।
आठवटा वडा रहेको पालिकामा सात वडा एमाले र समाजवादीले एउटा वडाको अध्यक्षको उम्मेदवार उठाएका छन् ।
सो पालिका बासिन्दा समेत रहेका एमालेका नेता कृष्णप्रसाद जैसी र समाजवादीका जिल्ला अध्यक्ष हिरण्य भट्टराईको पहलमा सो समझदारी भएको हो ।
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2022/04/279039427_684422622774369_4969707674836617947_n-768x547.jpg?resize=720%2C513&ssl=1)