१० श्रावण २०८१, बिहीबार

एमालेले धनगढी उपमहानगरपालिका लागि प्रतिबद्धता जारी गर्यो



मेयर पदका उम्मेदवार रणबहादुर चन्द र उपमेयरका दावेदार कुन्दकला राना


धनगढी / नेकपा (एमाले) ले धनगढी उपमहानगरका उम्मेदवारलाई जिताउने उद्धेश्यले चुनावी प्रतिबद्धता पत्र जारी गरेको छ ।

विहीबार धनगढीमा पत्रकार सम्मेलन गरेर एमालेका पोलिटव्यूरो सदस्य नारदमुनी राना, केन्द्रीय सदस्य लीला भण्डारी, प्रदेश सचिव धर्मराज पाठक, धनगढी उपमहानगरपालिकका मेयर पदका उम्मेदवार रणबहादुर चन्द, उपमेयरका दावेदार कुन्दकला रानालगायतले संयुक्तरुपमा सार्वजनिक गरेका हुन ।

प्रतिबद्धता पत्रमा प्राविधिक शिक्षा, सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्वच्छ खानेपानी, उन्नत कृषिमार्फत किसानको समृद्धी, निरोगी नेपाल स्वस्थ नेपाली जस्ता विषयलाई प्राथमिकताका साथ समेटिएको छ ।

यस्तै गरेर यातायात, आधुनिक उर्जा, औधोगिकरण र आर्थिक वृद्धीमार्फत रोजगारी र समृद्धी ल्याउने, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, सामाजिक सुरक्षा, युवा, खेलकुद भूमी तथा आवास व्यवस्थापन, पर्यटन र सञ्चार क्षेत्रलाई प्रतिबद्धता पत्रमा समेटिएको छ ।

सो अवसरमा बोल्दै एमालेका पोलिटव्यूरो सदस्य नारदमुनी रानाले गएको पाँच वर्ष नेपाली काँग्रेसको नेतृत्वमा धनगढी उपमहानगरमा राम्रा काम हुन नसकेको बताउदै एमाले मात्रै धनगढीलाई सुन्दर बनाउन सक्ने दावी गरे ।

सो अवसरमा उपमहानगरका मेयरका उम्मेदवार रणबहादुर चन्दले आफूहरुले चुनाव जितेमा धनगढीलाई व्यवस्थित र सुन्दर बनाउने प्रतिवद्धता गरे । उनले भने, हामीले उपमहानगरको नेतृत्व गर्न पायौ भने जनताको भावना अनुसार प्रभावकारीरुपमा काम गर्नेछौ ।

पत्रकार सम्मेलनमा उपमेयरका दावेदार कुन्दकला रानाले पनि धनगढीको विकासका लागि लागि पर्ने प्रतिवद्धता गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार