४ पुष २०८२, शुक्रबार

प्रदेश सांसद मल्लद्धारा पद परित्याग ( हेर्नुस भिडियो सहित )




डडेल्धुरा / सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद परित्याग गरेका छन् । बिहीबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलन मार्फत मल्लले सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गर्नुभएको हुन ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा आफूमाथि अन्याय गर्दै गएको बताउदै उनले नेपाली काग्रेसबाट समेत कारवाही गरिएकाले नैतिकताका आधारमा प्रदेश सभा सदस्यबाट राजीनामा गरेको बताए । मल्ल डडेलधुरा जिल्लाको प्रदेश क्षेत्र (ख) नेपाली काग्रेसबाट प्रदेश सदस्यमा निर्वाचित सांसद हुन ।

केही दिन अघिमात्र नेपाली कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहनेगरि उनलाई कारबाही गरेको थियो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले आफू निकट नेता कार्यकर्तालाई नेपाली कांग्रेस बीपीबाट उम्मेदवारी दर्ता गर्न लगाएका थिए ।

पार्टीको आन्तरिक विवाद चुलिदै गएपछि र केन्द्रिय सभापतिबाट नै एक्ल्याउने प्रयास गरिएपछि आफू निकट नेताहरुलाई विपी काँग्रेसबाट आसन्न निर्वाचनमा उमेदवार बनाएको मल्लले प्रष्ट पारे ।

उनले देउवा निरंकुश र तानाशाह बनेको आरोप लगाउदै दम्भले गर्दा डडेलधुरामा काग्रेसको अवस्था २०७४ को भन्दा कमजोर हुने दावी गरे ।

इमान्दार कार्यकर्तालाई लत्याएर अवसरवादी र चाप्लुसी गर्ने निकट राखेर गरिएको राजनीति देउवाकै लागि घातक हुने उनले बताए । पार्टी विधि र विधान विपरित आफूमाथि गरिएको कारवाही औचित्यहिन रहेको मल्लको भनाई छ ।

स्थानीय तहको निर्वाचनका लागि मल्ल समूह नेकपा एमालेसँग गठबन्धन गरेर चुनावी तालमेलमा जुटेको छ । उनीसँगै कांग्रेसको एक समूहले कांग्रेस परित्यागको घोषणा गर्ने तयारी गरिरहेको नेपाली काग्रेसका पूर्व जिल्ला समिति सचिव लोकराज भट्टले बताए ।

पार्टीलाई प्राली बनाएको आरोप लगाउदै काग्रेस नेता हरिप्रसाद भट्ट भन्छन् हामी स्थानीय तहको चुनावमा संस्थापन काँग्रेस भन्दा बलियो भएर प्रस्तुत हुन्छौ । हामीले काँग्रेस छाडेको होइनौ, काँग्रेसबाट अन्याय भएपछि विद्रोह गरेका हौ, भट्टले भने ।

भट्ट आसन्न निर्वाचनमा नेपाली काग्रेस विपीको तर्फबाट अमरगढी नगरपालिकामा नगरप्रमुखका लागि उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार