४ पुष २०८२, शुक्रबार

लम्कीचुँहामा बजगाईद्धारा मेयरमा उम्मेदवारी दर्ता




लम्की / नेकपा (एमाले) ले लम्कीचुँहा नगरपालिकामा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गरेको छ ।

सो नगरपालिकामा अहिलेका मेयर महादेव बजगाईले फेरि उम्मेदवारी दर्ता गरेका हुन ।

आफ्नो पाँच वर्षीय कार्यकालमा नगरको विकासमा उल्लेख्य काम गरेका बजगाईलाई प्रदेश कमिटीले फेरि उम्मेदवार बनाएको हो ।

लम्कीचुँहाको उपमेयरमा एमालेबाट जुना चौधरीले उम्मेदवारी दिएकी छन् ।

उम्मेदवारी दर्ता गर्न प्रतिनिधि सभा सदस्य झपट रावल, राष्ट्रिय सभाका पूर्व सदस्य कमला ओली लगायतका नेताहरु पनि निर्वाचन कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार