१० श्रावण २०८१, बिहीबार

धनगढीमा सत्ता गठवन्धनबाट मेयरमा वड र उपप्रमुखमा अधिकारीको उम्मेदवारी दर्ता



धनगढी /
सत्तारुढ गठवन्धनको तर्फबाट धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । उनी निर्वतमान नगर प्रमुख पनि हुन ।

यस्तै गठवन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी नेतृ शान्ति अधिकारीले पनि उम्मेदवारी दर्ता गरेकी छन् । उनी ०७४ को चुनावमा उपप्रमुखमै पराजीत भएकी थिइन ।

वड र अधिकारीलाई नेकपा (एकीकृत समाजवादी)को समेत समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार