४ पुष २०८२, शुक्रबार

कञ्चनपुरको सत्तारढ गठवन्धन फुट्यो माओवादी र एकीकृत समाजवादीले साझा उम्मेदवार बनाउने




धनगढी / कञ्चनपुरको सत्तारुढ गठवन्धन विभाजित भएको छ । काँग्रेस सहमतिमा नआएपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) वीच नौ वटै पालिकामा गठवन्धन भएको छ ।

आइतबार राति भएको सहमति अनुसार माओवादीले पाँच पालिका र एकीकृत समाजवादीले चार पालिकाको नेतृत्व लिने भएको छ । यस्तै उपप्रमुखमा माओवादीले छ र एकीकृत समाजवादीले तीन पालिकामा उम्मेदवार उठाउने भएको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लालबहादुर खड्काका अनुसार माओवादीले कृष्णपुर, शुक्लाफाँटा, वेलौरी नगरपालिका, लालझाडी र वेलडाँडी गाउँपालिकाको नेतृत्व लिने भएको छ ।

यस्तै एकीकृत समाजवादीले भीमदत्त, दोधारचाँदनी, वेदकोट र पुर्नवास नगरपालिकाको नेतृत्व लिने भएको छ ।

माओवादीले भीमदत्त, दोधारचाँदनी, वेदकोट, पुर्नवास नगरपालिका, लालझाडी र वेलडाँडी गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने भएको सहमति पत्रमा उल्लेख छ ।

यस्तै एकीकृत समाजवादीले कृष्णपुर, शुक्लाफाँटा, वेलौरी नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने भएको छ ।

दुई दलले ९२ वटै वडामा समेत सहमति जुटाएका छन् । तीमध्ये माओवादीले ५३ र समाजवादीले ३९ वडाको नेतृत्व गर्ने भएका छन् ।

भीमदत्त नगरपालिका
मेयर नेकपा (एकीकृत समाजवादी), उपमेयर नेकपा (माओवादी केन्द्र)

दोधाराचाँदनी नगरपालिका
नेकपा (एकीकृत समाजवादी),उपमेयर नेकपा (माओवादी केन्द्र)

बेदकोट नगरपालिका
नेकपा (एकीकृत समाजवादी), उपमेयर नेकपा (माओवादी केन्द्र)

शुक्लाफाँटा नगरपालिका
नेकपा (माओवादी केन्द्र), उपमेयर नेकपा (एकीकृत समाजवादी)

कृष्णपुर नगरपालिका
नेकपा (माओवादी केन्द्र), उपमेयर नेकपा (एकीकृत समाजवादी)

पुनर्वास नगरपालिका
नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र)

बेलौरी नगरपालिका
नेकपा (माओवादी केन्द्र), उपमेयर नेकपा (एकीकृत समाजवादी)

लालझाडी गाउँपालिका
नेकपा (माओवादी केन्द्र), नेकपा (माओवादी केन्द्र)

बेल्डाडी गाउँपालिका
नेकपा (माओवादी केन्द्र), नेकपा (माओवादी केन्द्र)

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार