१० श्रावण २०८१, बिहीबार

मुक्त कमैयाँ वस्तीमा भिषण आगलागी : छ दर्जन घर खरानी, चार घन्टापछि आगलागी नियन्त्रणमा




धनगढी / कैलालीको कैलारी गाउँपालिका–७ विपतपुर मुक्त कमैया वस्तमा आइतबार भएको भिषण आगलागीका कारण ७१ वटा घर खरानी भएका छन् ।

आगलागीका कारण मानवीय क्षती नभए पनि गोठ, पशुचौपाया, अन्नपात, लत्ताकपडा, भाडाकुँडा सबै नष्ट भएका छन् । दिउँसो साढे १ बजेतिर लागेको आगो चार घन्टापछि नियन्त्रणमा आएको थियो ।

जिल्ला प्रशासन कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, घोडाघोडी र टीकापुर नगरपालिकाबाट गएको दमकल तथा कैलाली गाउँपालिकाको एक्साभेटरको मद्दतले आगालागी नियन्त्रणमा आएको हो ।

आगलागीको सूचना पाएलगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्दार टोली परिचालन भएको थियो ।

गहुँ काटिएको बारीमा लगाइएको आगो सल्केर आगलागी भएको हुनसक्ने प्रारम्धिक अनुमान गरिएको छ ।
आगलागीबाट ७१ घर तथा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ ।

कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले आगलागीका कारण घरबारबिहीन बनेका पीडितहरुका लागि तत्काल त्रिपाल, झुल, खाद्यान्न तथा स्वास्थ्य सामग्रीको प्रबन्ध गर्ने प्रयास भइरहेको बताए ।

तस्बिर सौजन्य : लखन चौधरीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार