१० श्रावण २०८१, बिहीबार

एमालेले कञ्चनपुरका नौवटै पालिकाका उम्मेदवार छान्यो



धनगढी / नेकपा (एमाले) को प्रदेश कमिटीले कञ्चनपुर जिल्लाका नौवटै पालिकाका प्रमुख तथा उपप्रमुख छानेको छ ।

कञ्चनपुरको बेलौरी र बेदकोट नगरपालिकाको प्रमुखमा महिलाहरुलाई मेयरको उम्मेदवार बनाइएको छ ।

बेलौरीमा केन्द्रीय सदस्य कुमारी कमला बोहरा र बेदकोटमा शुशिला सिंहलाई मेयरको उम्मेदवार बनाइएको हो । मेयर पदकी उम्मेदवार सिंह ०७४ मा निर्वाचित उपप्रमुख समेत हुन ।

कञ्चनपुरका नौवटै पालिकाका प्रमुख तथा उपप्रमुख नयाँ हुन ।

भीमदत्त नगरपालिका
मेयर महेशप्रसाद पन्त, उपमेयर भुवन केसी (कुँवर)

दोधाराचादनी नगरपालिका
मेयर किशोर लिम्बु ,उपमेयर खेमा चन्द

बेदकोट नगरपालिका
मेयर सुशिला सिंह, उपमेयर लक्ष्मण राना

शुक्लाफाँटा नगरपालिका
मेयर रणबहादुर महरा, उपमेयर मोनिका भण्डारी

कृष्णपुर नगरपालिका
मेयर लोकेन्द्रप्रसाद पन्त, उपमेयर रमिता राना बडायक

बेलौरी नगरपालिका
मेयर कमला बोहरा, उपमेयर जोगुराम चौधरी

पुनर्वास नगरपालिका
मेयर पदम पुजारा, उपमेयर सुुशिला खत्री

बेल्डाडी गाउँपालिका
अध्यक्ष अक्कलबहादुर विष्ट, उपाध्यक्ष फूलकुमारी राना

लालझाडी गाउँपालिका
अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार