एमालेले कैलालीका १३ वटै तहमा उम्मेदवार छान्यो
धनगढी / नेकपा एमालेले कैलालीका १३ वटै स्थानीय तहका १३ प्रमुख र १२ उपप्रमुखको उम्मेदवारी तय गरेको छ।
एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार चुरेको उपप्रमुख छान्न वाँकी छ अरु सवै प्रमुख र उपप्रमुख छानिएको छ ।
प्रदेश कमिटीले नगर कमिटीबाट सिफारिस नभएको भएपनि पार्टी कार्यकर्ताको भावना बुझेर लम्कीचुँहा र घोडाघोडी नगरपालिकाका अहिलेका मेयरहरु क्रमश महादेव वजगाई र ममताप्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ ।
नगरबाटै सिफारिस नभएका टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले भने सिफारिस नभएपछि उम्मेदवार हुन चाँसो देखाएनन् ।
गोदावरी नगरपालिकाबाट सिफारिस भएका अहिलेका मेयर हरिसिंह साउदले पनि टिकट पाएनन् । गाउँकमिटीबाट सिफारिस भएका चुरेका अहिले अध्यक्ष धनबहादुर रोक्कामगर पनि उम्मेदवारी पाएनन् ।
लम्की चुँहाका वर्तमान उपमेयर टीका थापाको मेयर पदमा पहिलो नम्बरमा सिफारिस गरिएको थियो ।
धनगढी उपमहानगरपालिका
मेयर रणबहादुर चन्द, उपमेयर नन्दकला रानाथारु
लम्कीचुँहा नगरपालिका
मेयर महादेव बजगाई, उपमेयर जुना चौधरी
गौरीगंगा नगरपालिका
मेयर पदमसिंह सिंगाल, उपमेयर शान्ति सिंह
घोडाघोडी नगरपालिका
मेयर ममता चौधरी, उपमेयर करुणा बम बटाला
टीकापुर नगरपालिका
मेयर श्याम खत्री, उपमेयरमा अनुपा केसी
गोदावरी नगरपालिका
मेयर गोकर्ण भट्ट, उपमेयर शारदा रोकाया
भजनी नगरपालिका
मेयर हर्क बुुढा, उपमेयर तुलसी चौधरी
जानकी गाउँपालिका
अध्यक्ष टेकबहादुर वम, उपाध्यक्ष गीता चौधरी
जोशीपुर गाउँपालिका
अध्यक्ष केशरबहादुर डगौरा, उपाध्यक्ष रमादेवी भुल
कैलारी गाउँपालिका
अध्यक्ष झुमा चौधरी, उपाध्यक्षमा जालुुराम चौधरी
बर्दगोरिया गाउँपालिका
अध्यक्ष कर्ण कुँवर, उपाध्यक्ष इन्दु चौधरी
मोहन्याल गाउँपालिका
अध्यक्ष धरम थापा, उपाध्यक्ष सरस्वतीविष्ट रावल
चुरे गाउँपालिका
अध्यक्ष चक्र बोगटी, उपाध्यक्ष टंगो लाग्न वाँकी