२१ बैशाख २०८१, शुक्रबार

कैलालीमा यी हुन एकीकृत समाजवादीका उम्मेदवार




धनगढी / सत्ता गठबन्धनको सहभागी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कैलालीका तीन वटा स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ ।

एकीकृत समाजवादीका कैलाली इन्चार्ज दीर्घ सोडारीका अनुसार घोडाघोडी नगरपालिकाको नगरप्रमुखमा खडक रावत, गोदावरीको उपप्रमुखमा रत्ना कडायत र कैलालीको चुरे गाउँपालिकामा प्रमुख लोकबहादुर सारुमगरलाई चयन गरिएको छ ।

घोडाघोडी नगरप्रमुखका उम्मेदवार रावत समाजवादी पार्टीका जिल्ला सचिव हुन । उनी पहलमानपुरस्थित कान्ती राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिको समेत अध्यक्ष भएर राम्रो काम गरेको मानिन्छ । उनकै प्रयासमा सो विद्यालय नमूना विद्यालयका रुपमा परिचित छ ।

चुरे गाउँपालिकामा प्रमुख लोकबहादुर सारुमगर समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य हुन । उनी लामो समयदेखि समाज सेवा क्रियाशिल रहँदै आएका छन् । उनी ०७४ को स्थानीय चुनावमा समेत एमालेबाट अध्यक्षको दावेदार थिए । तर उनकै सहमतिमा पछि धनबहादुर रोक्कामगरलाई उम्मेदवार बनाइएको थियो । धनबहादुर हाल एमालेमा छन् ।

गोदावरी नगरपालिकाका उपप्रमुख कडायत समाजवादीकी जिल्ला उपाध्यक्ष हुन । उनी हालकी उपमेयर समेत हुन् । उनले गोदावरी नगरपालिकामा नमूना काम गरेर जनताको मन जितेकी छिन् । उनलाई मिडियामैत्री उपमेयरका रुपमा पनि चिनिन्छ ।गोदावरीमा काँग्रेसले मेयरको उम्मेदवार उठाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार