२१ बैशाख २०८१, शुक्रबार

बाजुराका नौवटै पालिकाका एमालेले उम्मेदवार छान्यो



धनगढी / चारवटा नगर र पाँच गाउँपालिका गरेर नौवटा पालिका रहेको बाजुरामा नेकपा
(एमाले) ले आफ्ना उम्मेदवार छानेको छ ।

एमालेमा प्रदेश सचिव धर्मराज पाठकका अनुसार सदरमुकाम मार्तडी रहेको बडीमालिका नगरपालिकाको मेयरमा अमरबहादुर खड्का र उपमेयरमा नन्दा थापा छानिएका छन् ।

यस्तै बुढीगंगा नगरपालिकाको मेयरमा रामबहादुर बाँनिया र उपमेयरमा माया कुँवर छानिएकी छन् । बाँनिया र कुँवर ०७४ को चुनावमा झिनो मतले पराजीत भएका थिए ।

त्रिवेणी नगरपालिकाको मेयरमा मोतिसिंह बुढा र उपमेयरमा पार्वतीदेवी विष्ट छानिएका छन् ।

बुढीनन्दा नगरपालिकाको मेयरमा जनक बोहरा छानिएका छन् । उनी पनि ०७४ को चुनावमा झिनो मतले पराजीत भएका थिए । सो नगरपालिकाको उपमेयरमा मनु रोकायालाई उम्मेदवार बनाइएको छ ।

यस्तै गौमुल गाउँपालिकाको अध्यक्षमा अहिलेकै अध्यक्ष हरिबहादुर रोकाया छानिएका छन् । उपाध्यक्षमा सीता थापा उपाध्यक्ष उठ्ने भएकी छन् ।

खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा दिलबहादुर रावत र उपाध्यक्षमा मनदेवी ओली छानिएका छन् ।

जगन्नाथ गाउँपालिकामा अहिलेका अध्यक्ष कालिबहादुर शाही नै छानिएका छन् । उनी एमालेका जिल्ला अध्यक्ष समेत हुन । सो पालिकाको उपाध्यक्षको उम्मेदवार मरुकला विष्ट भएकी छन् ।

स्वाकीकार्तिक खापर गाउँपालिकाको अध्यक्षमा युवानेता चतुरभुज शाही छानिएका छन् । सो पालिकामा सुलोचना भण्डारी बुढा उपाध्यक्ष छानिएकी छन् ।

हिमाली गाउँपालिकाको अध्यक्ष/ उपाध्यक्षमा अजबहादुर मल्ल र राजकला शाही छानिएका छन् । पुराना नेता मल्ल अघिल्लो चुनावमा पराजीत भएका थिए ।

एमालेले बडीमालिका, बुढीनन्दा, स्वामीकात्तिक, हिमाली र खप्तड छेडेदह गाउँपालिकाबाट उम्मेदवार जिल्लाबाटै सर्वसम्मतरुपमा पठाएको थियो । अन्य पालिकामा भने लामो रस्काकस्सी पछि उम्मेदवार छनौट भएका हुन ।

बडीमालिका नगरपालिका
मेयर : अमरबहादुर खड्का उपमेयर : नन्दा थापा

बुढीगंगा नगरपालिका
मेयर : रामबहादुर बाँनिया उपमेयर : माया कुँवर

त्रिवेणी नगरपालिका
मेयर
: मोतिसिंह बुढा उपमेयर : पार्वतीदेवी विष्ट

बुढीनन्दा नगरपालिका
मेयर : जनक बोहरा उपमेयर : मनु रोकाया

गौमुल गाउँपालिका
अध्यक्ष : हरिबहादुर रोकाया उपाध्यक्ष : सीता थापा

खप्तड छेडेदह गाउँपालिका
अध्यक्ष : दिलबहादुर रावत उपाध्यक्ष : मनदेवी ओली

जगन्नाथ गाउँपालिका
अध्यक्ष : कालिबहादुर शाही उपाध्यक्ष : उम्मेदवार मरुकला विष्ट

स्वाकीकार्तिक खापर गाउँपालिका
अध्यक्ष : चतुरभुज शाही उपाध्यक्ष : सुलोचना भण्डारी बुढा

हिमाली गाउँपालिका
अध्यक्ष : अजबहादुर मल्ल उपाध्यक्ष : राजकला शाही

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार