२१ बैशाख २०८१, शुक्रबार

धनगढीको मेयरमा एमालेबाट चन्द र उपमेयरमा राना



धनगढी / धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा (एमाले) को तर्फबाट रणबहादुर चन्द छानिएका छन्
यस्तै नन्दकला राना उपमेयरको उम्मेदवार बन्ने भएकी छन् ।

एमालेको सचिवलाय बैठकले चन्दलाई मेयर र रानालाई उपमेयर बनाउने भएको हो ।

तीस वर्षदेखि एमालेको राजनीतिमा सक्रिय चन्द कैलालीका निर्वाचित पार्टी सचिव हुन । उनी नेकपा विभाजन पछि बनेको एमालेको जिल्ला कमिटीका उपाध्यक्ष समेत भएका थिए ।

उनी गत पुसको जिल्ला अधिवेशनमा रतन थापासित चार मतले अध्यक्ष पदमा पराजीत भएका थिए । चन्दले इमान्दार, सोझा र अवसर नपाएको राजनीतिककर्मीको छवी बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार