२० बैशाख २०८१, बिहीबार

चुनावको ४८ घण्टा अगाडिदेखि सीमा नाका वन्द हुने




धनगढी / कैलाली र कञ्चनपुर जिल्लाका सीमा नाका चुनावको ४८ घण्टा अगाडिदेखि बन्द हुने भएका छन् ।

नेपाल र भारतका सुरक्षा अधिकारीको शनिबार कैलालीमा बसेको सीमा समन्वय बैठकले आगामी वैशाख ३० गते चुनावलाई सहज बनाउन ४८ घण्टा अगाडिदेखि नाका बन्द गर्ने निर्णय गरेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सो अवधीमा विमारी, विवाह र पेट्रोलियम पदार्थका साधनहरु भने आवतजावत गर्न दिइने बताए ।

उनले भने शनिबारको बैठक नियमित बैठक हो । सो वैठकमा हराएका , भत्के, ढलेका सीमा स्तम्भ पुर्ननिर्माण गर्ने विषयमा पनि छलफल भएको प्रजिअ थापाले बताए ।

सो बैठकमा धनगढी उपमहानगरपालिकाको फूलवारी क्षेत्रका बासिन्दालाई सीमा क्षेत्रमा निशुल्क काम लगाउने,झुटा मुद्धा लगाउने जस्ता काम भएकोले त्यो रोक्न भारतीय पक्षलाई आग्रह गरेको पनि प्रजिअ थापाले बताए ।

बैठक बारे प्रतिक्रिया दिदै भारतको लखिमपुर जिल्लाका सहायक जिल्ला अधिकारी संजय कुमारले नेपालको चुनावलाई सहज बनाउनका लागि आफूहरुले सक्दो सहयोग गर्ने बताए ।

सो बैठकमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, जनपद प्रहरी ,शसत्र प्रहरी वल, भन्सार अधिकृत र वन अधिकारीहरु उपस्थित थिए ।

भारतीय पक्षबाट पनि सहायक जिल्ला अधिकारी पाण्डेसहित सुरक्षा अधिकारीहरु लगायतकोे उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार