२१ बैशाख २०८१, शुक्रबार

डोटीमा एमालेले उम्मेदवार छान्यो




धनगढी / स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले डाटी जिल्लाका नौ वटै पालिकाका प्रमुख उपप्रमुखको छानेको छ ।

एमाले प्रदेश कमिटी स्रोतका अनुसार दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासी प्रमुख र रुपा कठायत उपप्रमुखका उम्मेदवार बन्ने पक्का भएक छन् ।

पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा कृष्णकुमार कठायत र उपाध्यक्षमा शारदा साउँद उम्मेदवार वन्ने भएका छन् ।

यस्तै शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर र उपप्रमुखमा लक्ष्मी मल्ललाई छानिएको छ ।

आदर्श गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर बुढा र उपाध्यक्षमा जानकी खड्कालाई उम्मेदवार बनाइएको छ ।
बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा डम्मरबहादुर वली र उपाध्यक्षमा ज्ञानु मल्ल वम चयन भएका छन् ।

वढीकेदार गाउँपालिकाको अध्यक्षमा चक्रवहादुर घर्ती र उपाध्यक्षमा सपना सिराडीलाई चयन गरिएको छ ।

यसअघि जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरा, सायल गाउँपालिकाको अध्यक्षमा तेजबहादुर डुम्रेल र उपाध्यक्ष विष्णादेवी सिंह, केआईसिंह गाउँपालिकाको अध्यक्षमा तेजवहादुर माझी र उपाध्यक्षमा धनादेवी कुँवर सर्वसम्मत भइसकेका छन् ।

एमालेले ८८ वटै तहका उम्मेदवार तत्काल सार्वजनिक नगर्ने नीति लिएको छ ।

नेपाली काँग्रेसको किल्ला मानिने डोटीमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा डोटीका नौ स्थानीय तहमध्ये एमालेले पाँचमा प्रमुख उपप्रमुख दुवै र एउटामा उपप्रखुम पद हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार