२१ बैशाख २०८१, शुक्रबार

नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार वड



धनगढी । नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा पुनः नृपबहादुर वडलाई उम्मेदवार बनाइएको छ ।

सत्तारुढ गठबन्धनको भागवण्डामा धनगढीको नगर प्रमुखमा कांग्रेसको भागमा परेको छ । त्यसअनुसार शुक्रबार बसेको कार्यदलको बैठकले धनगढीको नगर प्रमुखमा वडको नाम टुङ्ग्याइएको हो।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका वड २०७४ सालको स्थानीयतहको निर्वाचनमा धनगढीको नगर प्रमुखमा निर्वाचित भएका थिए ।

फेरि टिकट पाएपछि वडले पदबाट राजीनामा दिने तयारी गरेका छन् । अहिले काठमाडौंमा रहेको उनी शनिबार बिहानै धनगढी फर्किएर राजीनामा दिने बताइएको छ ।

धनगढीको नगर प्रमुखका लागि वड र कृष्ण महरासहित सात जनाको नाम सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार