१२ पुष २०८१, शुक्रबार

बझाङमा सत्तारुढ तीन दलवीच सहमति सात काँग्रेस, तीन समाजवादी र दुई पालिका माओवादी लड्ने




बझाङ / स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै सत्तारुढ गठबन्धनवीच सहमति भएको छ । बझाङस्थित सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठकले १२ वटै स्थानीय तहहरुमा गठवन्धन गरेर चुनावमा जाने सहमति गरेको हो ।

सहमति अनुसार सात पालिकामा नेपाली कांग्रेस, तीन पालिकामा नेकपा एकिकृत समाजवादी पार्टी र दुई पालिकामा नेकपा एकिकृत माओवादी केन्द्रका उम्मेदवारहरु प्रमुख/अध्यक्ष पदमा चुनाव लड्ने भएका छन् ।

यस्तै उपाध्यक्ष तथा उपप्रमुखमा भने छ नेपाली कांग्रेस, चार नेकपा एकिकृत माओवादी केन्द्र पार्टी र तीनवटा पालिकामा नेकपा समाजवादीका उम्मेदवार चुनाव लड्ने भएका छन् ।

वडाहरुमा भने अझै सहमति भइसकेको छैन् । वडा भागवण्डाको मापदण्ड तयार गरेको भए पनि सहकार्यका लागि गृहकार्य भइरहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनजंबहादुर सिंहले बताए ।

उहाँका अनुसार जयपृथ्वी नगरपालिका प्रमुख नेपाली काँग्रेस र उपप्रमुख माओवादी केन्द्र, बुगल नगरपालिका प्रमुख नेपाली काँग्रेस र उपप्रमुख एकीकृत समाजवादी, साइपाल र सुर्मा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष नेपाली काँग्रेसका उम्मेदवार चुनाव लड्ने भएका छन् ।

यस्तै तलकोट गाउँपालिकाको अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली काँग्रेस, मष्टा गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी, दुर्गाथलीमा अध्यक्ष माओवादी र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार चुनाव लड्ने भएका छन् ।

त्यस्तैगरेर छविसपाथिभेरामा अध्यक्ष माओवादी, उपाध्यक्ष एकीकृत समाजवादी, केदारस्युमा अध्यक्ष एकीकृत समाजवादी उपाध्यक्ष नेपाली काँग्रेस, वित्थडचीरमा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादीले पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार