१० श्रावण २०८१, बिहीबार

कैलाली काँग्रेसबाट पालिका प्रमुख बन्नेको होड



धनगढी / नेपाली काँग्रेसबाट कैलाली जिल्लाका पालिकाको प्रमुख तथा उपप्रमुख हुन खोज्ने आकांक्षीको संख्या अत्याधिक धेरै देखिएको छ ।

नेपाली काँग्रेस कैलालीले नगर तथा गाउँका कार्यसमिति मार्फत आकांक्षीहरुको नाम संकलन गरेपछि आकांक्षीको संख्या निक्कै धेरै बढी देखिएको जिल्ला सचिव नृप सुनारले बताए ।

हरेक नगर तथा गाउँ कार्यसमितिलाई आकांक्षीको नाम संकलन गरेर जिल्लालाई सिफरिस गर्न निर्देशन दिएसंगै आकांक्षीहरुको दाबी बढेको हो ।

१३ स्थानिय तह रहेको कैलाली जिल्लाका पाँच स्थानिय तहहरुले आकांक्षीहरुको नाम संकलन गरिसकेका छन् भने बाँकी स्थानीय तहले संकलन भइरहेको सचिव सुनारले बताए ।

अहिलेसम्म धनगढी उप–महानगरपालिकाको प्रमुख पदका लागि सात जनाले आफ्नो दावी पेश गरेका छन् ।

दावी गर्नेमा वर्तमान नगर प्रमुख तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, काँग्रेसका महाधिवेशन प्रतिनीधि कृष्णबहादुर महरा क्षेत्री, महाधिवेशन प्रतिनिधि हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय, पूर्व जिल्ला सचिव पूर्ण कुँवर,महिला संघकी नगर सभापति जागृती बोगटी र लक्ष्मीदत्त भट्ट छन् ।

यस्तै उपप्रमुखमा पुष्पा भट्ट, सुनिता राना, प्रमिला लम्साल, डम्मरी महरा र निपा चोखालले दावी गरेका छन् ।

यस्तै गरेर लम्कीचुँहा नगरपालिकामा प्रमुख पदका लागि १० जना र उपप्रमुखमा ८ जनाले उम्मेदवारी दाबी गरेका छन् ।
नगर प्रमुखमा अरुणकुमार चौधरी, कृष्णराज पाण्डेय, खडानन्द सापकोटा, देवानन्द जैशी, पदमराज शर्मा, प्रेमबहादुर विष्ट, बलबहादुर विष्ट,बिष्णुप्रसाद ढकाल, भक्तबहादुर थापा र शुशिला शाहीको दावी रहेको छ ।

यसैगरी उपमेयरमा चन्द्रा सिंह, विजय कार्की, रंगकुमारी भट्राई, राधिका जैशी, रीताकुमारी मुडभरी, शिवा थापा, सुमनकुमारी संन्याल र दिवा बडायकले दावी गरेको लम्कीचुँहा नगरपालिकाका नगर सभापति इन्द्र कुँवरले जानकारी दिए ।

जानकी गाउँपालिकाका नेपाली काँग्रेसका सभापति गणेश रेग्मीका अनुसार अहिलेका अध्यक्ष प्रदिपकुमार चौधरी, सूर्यबहादुर बटाला, प्रशुराम महतो कठरिया, बेदनाराण महतो,शुभनाथ देवकोटा,गंगादेवी चौधरी र टेकबहादुर चौधरी गरेर सात जनाले अध्यक्षमा दावी पेस गरेका छन् ।

उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमा महतो, दीपकदेवी न्यौपाने, ,पदमिनी थापा, गंगाकुमारी कुँवर थापा, जनकबहादुर थापा, विमलादेवी शाही गरेर छ जनाको दावी रहेको छ ।

कैलारी गाँउपालिकामा कृष्ण चौधरी, मनिराम पखरिया,राजसमझ चौधरी र रामचरण चौधरी गरेर चार जनाले अध्यक्ष पदमा उम्मदवारी दावी गरेका छन् ।

उपाध्यक्षमा अनिता चौधरी, अनिता बोहरा चौधरी, भगवती चौधरी,माया चौधरी, मिनु चौधरी, माया चौधरी, सरिता चौधरी, विष्णु चौधरी गरेर आठ जनाले उपाध्यक्ष पदमा दावी पेश गरेको कैलारी गाँउपालिकाका पार्टी सभापति कृष्ण चौधरीले जानकारी दिए ।

यस्तै कैलाली निर्वाचान क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका क्षेत्रीय सचिव धनन्जय रिमालका अनुसार टिकापुर नगरपालिकामा ११ जनाले प्रमुख र १२ जनाले उपप्रमुख पदमा दावी गरेका छन् ।

प्रमुखमा वर्तमान उपप्रमुख केशरी रावल विष्ट, राजकुमार हमाल, नवराज रावल, जङ्गबहादुर साउँद , भुवनेश्वर अधिकारी, डा.जगतबहादुर सिंह रावल, गोरबहादुर खड्का, रतनबहादुर खड्का, धिजराज रेग्मी, टेकेन्द्र धामी र तीर्थराज बोहराले दावी गरेका छन् ।

यस्तै उपमेयरमा अर्चना चौधरी, जनककुमारी चौधरी, निर्मला कठायत, विना स्वडारी, हस्ता भण्डारी, दिव्यश्वरी शाह, सरस्वती शाह, झनक तिमिल्सिना, रणबहादुर रावल, लौटन चौधरी, सुशीला विश्वकर्मा टमट्टा र चिरञ्जीवी खनाल रहेका छन् ।

स्थानीय तहको निर्वाचन आउन २३ दिन बाँकी छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयनको कार्यक्रम राखेको छ ।

मनोनयन दर्ता गर्न पाँच दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धन हुने नहुनेमा कैलालीमा अन्योलता कायमै रहेका कारण पनि कैलालीका अन्य स्थानीय तहमा आकांक्षीको नाम संकलन तथा सिफारिसमा ढिलाइ भइरहेको बताइएको छ ।

कैलालीका १३ वटै स्थानीय तहका १२६ वडा अध्यक्ष र सदस्यहरुका आकांक्षीको नाम माथिल्लो समितिमा सिफारिस गर्ने काम भने सकिएको नेपाली काँग्रेस कैलालीका जिल्ला सचिव केशव मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार