१० श्रावण २०८१, बिहीबार

उपसचिव दम्पत्ति एकै प्रदेशमा निर्वाचन अधिकृत !




बैतडी /
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उपसचिव स्तरका एक जोडी दम्पती सुदूरपश्चिम प्रदेशको स्थानीय तहको निर्वाचन अधिकृतका रुपमा खटिएका छन् ।

उपसचिव सिद्धराज जोशी र किरण जोशी नाताले श्रीमान श्रीमति हुनुहुन्छ तर, कर्मले दुबै राष्ट्रसेवक कर्मचारीका रुपमा निर्वाचन अधिकृत भएर सुदूरपश्चिम प्रदेशमा खटिएका हुन । संयोगले उनीहरु दुबै जना सुदूरपश्चिम प्रदेशकै बासिन्दा हुन ।

निर्वाचन आयोगले वैशाख २ गते सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा खटिने निर्वाचन अधिकृतको तालिम पूरा गरेर सिद्धराज जोशी बैतडीको सुर्नया गाउँपालिकाको निर्वाचन अधिकृतका रुपमा खटिएका छन् भने किरण जोशी कञ्चनपुरको पुनर्वास नगरपालिकाको निर्वाचन अधिकृतको रुपमा खटिएकी छन् ।

उपसचिव सिद्धराज जोशीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा बैतडीको पाटन नगरपालिकाको निर्वाचन अधिकृत भएर कुशतापूर्वक निर्वाचन गरेका थिए । संयोगले २०७४ सालको प्रदेश र सङ्घको निर्वाचन हुँदा सिद्धराज जोशी बैतडीको प्रमुख जिल्ला अधिकारी थिए ।

सिद्धराज जोशी दार्चुलाको प्रमुख जिल्ला अधिकारीहुँदै हालः सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा कार्यरत छन् ।
किरण जोशी यसअघि डोटीको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काम गर्दै हालः गृहमन्त्रालयमा कार्यरत छिन् ।

सरकारले दिएको जिम्मेवारी इमान्दारितापूर्वक बहन गर्न तोकिएको जिम्मेवारीमा खटिएको किरण जोशीले बताइन ।

यसअघि गृहमन्त्रालय मातहत काम गरेर शान्ति सुरक्षाका विषयमासमेत अनुभव बटुलेको यो नमुना दम्पतीले दर्जनौ लोकसेवाका किताव प्रकाशित गरेर चर्चा बटुलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार