१० श्रावण २०८१, बिहीबार

एकिकृत समाजवादीले कैलालीका उम्मेदवारको नाम प्रदेश पठायो




धनगढी / आगामी स्थानीय तहको निर्वाचनका लागि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको कैलाली जिल्ला कमिटिले आकाँक्षी उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरेको छ ।

स्थानीय तहमा नगर प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षका आँकाक्षी बढेपछि प्रदेश कमिटिमा सिफारिस गरेको हो ।
कैलालीका १२ वटा स्थानीय तहमा उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको जनाइएको छ । गाउँ कमिटी र नगर कमिटीले जिल्ला कमिटी कैलालीमार्फत प्रदेश कमिटीमा सिफारिस पठाएको हो ।

सो पार्टीबाट धनगढी उपमहानगरपालिकामा नगर प्रमुखमा मदन रेग्मी, लोकबहादुर खत्री र लोकेन्द्र बाँनियाको नाम सिफारिस गरिएको छ भने उपप्रमुखमा रोजी बस्नेतको नाम सिफारिस भएको छ ।

गोदावरी नगरपालिकामा नगर प्रमुखमा रत्ना कडायत, भीम बोगटी, खम्ब बुढा, लक्ष्मण कुँवर, टेक विक र विजय विक रहेका छन भने उपप्रमुखमा सकुन्तला सोब रहेका छन ।

यस्तै, गौरीगंगा नगरपालिकामा नगर प्रमुखमा खडक बम, बासुदेव गुरागाई, बिरबहादुर मन्नी, डिल्लीराम आचार्य र गीता सोडारीको नाम सिफारिस भएको छ भने उपप्रमुखमा रामबहादुर श्रेष्ठ, कमला बोहरा, मदन नेपाली, सरस्वती थारु र राधिका रावत रहेका छन ।

घोडाघोडी नगरपालिकामा खडक रावत, पूर्णराज जोशी र मेघराज साउँद रहेका छन भने उपप्रमुखमा आशा नेपाली, प्रेमकुमारी थापा, राधा पाण्डेय, मीना चौधरी, रुपा चौधरी र स्शिला थापा रहेका छन ।

लम्कीचुहा नगरपालिकामा नगर प्रमुखमा कर्णप्रसाद जैशी, बखत विष्ट र लोकराज तिमिल्सेना रहेका छन भने उपप्रमुखमा विष्णु खनाल, पार्वती बजगाई र दीपकप्रसाद तिमिल्सेना रहेका छन ।

टीकापुर नगरपालिका नगर प्रमुखमा भीमराज चपाई र उपप्रमुखमा सिता चौधरीको नाम सिफारिस भएको छ ।
भजनी नगरपालिकामा नगर प्रमुखमा जगदम्बा भुर्जी र सिता चौधरी आकाक्षी छन भने उपप्रमुखमा शारदा मल्ल रहेकी छिन ।
यस्तै, चुरे गाउँपालिकाको अध्यक्षमा लोकबहादुर सारु र उपाध्यक्षमा कृष्णा खत्रीको नाम सिफारिस गरिएको छ ।

मोहन्याल गाउँपालिकाको अध्यक्ष नन्दबहादुर बस्नेत, भीमबहादुर शाही र निर्मला बस्नेतको नाम सिफारिस भएको छ भने उपाध्यक्ष डम्मरा भाट, उर्मिला कडायत र भुमिनन्द जोशीको रहेको छ ।
जोशीपुर गाउँपालिकाको अध्यक्षमा रामकुमार कठरिया तथा उपाध्यक्षमा रविना कठरिया र गंगादेवी मौनीको नाम सिफारिस गरिएको छ ।

जानकी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद चौधरी, मनबहादुर सोडारी र भूपेन्द्र शाह रहेका छन भने उपाध्यक्ष चन्दा विकको नाम सिफारिस भएको छ ।

बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा दिलबहादुर विक, दमनचन्द सोडरी, हेमराज साउद र गणेशबहादुर सुनारको नाम सिफारिस भएको छ भने उपाध्यक्ष संजिता श्रेष्ठ र सेतुकुमारी सुवेदी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार