१० श्रावण २०८१, बिहीबार

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी कैलालीमा एक्लै चुनाव लड्ने




धनगढी / कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दलसंग चुनावी तालमेल नगरी सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने भएको छ ।

टीकापुर घटनामा अदालतबाट सजाय पाएर जेल जीवन विताइरहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा कुनै पनि दलसंग चुनावी तालमेल नगर्ने जनाएको हो ।

सो पार्टीले अहिलेसम्म धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की चुहा, भजनी नगरपालिका तथा कैलारी गाउँपालिका र जानकी गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाइसकेको छ ।

कैलारी गाउँपालिकामा सो पार्टीबाट चन्द्र डंगौरा थारु (चाँद), धनगढी उपमहानगरपालिकामा मिनराज चौधरी, टीकापुरमा रामलाल डंगोरा थारु, भजनी नगरपालिकामा केवल चौधरी, लम्की चुहा नगरपालिकामा गाणेश उपाध्याय र जानकी गाउ“पालिकाको अध्यक्षमा पत्रकार गणेश चौधरीको नाम टुङ्गो लगाएको छ ।

अन्य स्थानीय तहमा बढी आकाक्षी भएकाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । जोशीपुर गाउँपालिकामा दुई जना आकाक्षी रहेकाले टुङ्गो नलागेको बताए । जोशीपुरमा चित्रबहादुर चौधरी र चक्रबहादुर चौधरी र बर्दगोरिया लोकेन्द्र खडका र भजनलाल कठरिया आकाक्षी रहेका छन ।

कैलाली अध्यक्ष अध्यक्ष कैलाश चौधरीले भने– पहिचानवादी मधेशी दल रहेका छन । संगठनका हिसावले कैलारी, भजनी, जोशीपुर, टीकापुर लगायतमा हामी बलियो रहेका छौं ।’ उनले अन्य दलहरूसंग चुनावी तालमेल नगर्ने बताए ।

रेशम चौधरीको प्रभाव क्षेत्र मानिएको टीकापुर, जानकी लगायतमा अहिले चार दलले सोही अधिकार र पहिचानको नारा लिदै उम्मेदवारहरू बनाउने तयारी गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट कैलारी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार रहेका चन्द्रप्रसाद भन्छन पहिचानवादी दलले टीकापुर घटनालाई लिएर राजनीति बढी गरिरहेको छ ।

उनले रेश्म चौधरीको नाममा राजनीति बढी भएको भन्दै रुष्टता व्यक्त गरे । उनले आफनो दलले अन्य दलहरूसंग चुनावी तालमेल नगर्ने बताए ।

कैलारी गाउँपालिकामा पार्टी दर्ता भएपछि विशेषत तत्कालिन मधेशी लोकतान्त्रिक जनअधिकार पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतबाट सो पार्टीमा प्रवेश गरेका छन ।

उनले अहिले चुनावी प्रचार–प्रसारसंगै संगठन विस्तारलाई पनि जोड दिइरहेको बताए । कैलारी गाउँपालिका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रभाव क्षेत्र मानिन्छ ।

२०७४ सालको निर्वाचनमा सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए भने नेपाली काँग्रेस दोस्रो दल रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार