२५ मंसिर २०८१, मंगलवार

थरुहट आन्दोलनका अगुवा लाहुराम चौधरी निधन




धनगढी / थरुहट आन्दोलनका अगुवा एवम् थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको निधन भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उहाँको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा आज ज्यान गएको हो ।

गएको शनिबार छ लेन सडकमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का २९ वर्षीय समिर घिमिरेले चलाएको प्रदेश ०२–०३–०१७–प ५९७३ नम्बरको मोटरसाइकलले चौधरीलाई ठक्कर दिएको थियो ।

सो ठक्करबाट अचेत चौधरीको तीन दिनसम्म होस खुलेको थिएन । आइसीयुमा राखेर उपचार गर्ने क्रममा उनको ज्यान गएको अस्पतालले जनाएको छ ।

चौधरीले संविधान निर्माणको क्रममा भएको थरुहट आन्दोलनको अगुवाइ गरेका थिए । उनले २०७२ सालमा टीकापुर घटना हुँदा चौधरीले धनगढीमा आन्दोलनको नेतृत्व गरेका थिए ।

घटनाको दिन धनगढीमै जिल्ला प्रशासन कार्यालय अगाडि विरोध सभामा रहेका चौधरीले घटनाको जिम्मेवारी लिने वक्तव्य दिएका कारण उनलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

सोही मुद्धाका कारण चौधरीले साढे तीन वर्ष पुर्पपक्षमै कारागार जीवन बिताएका थिए । पछि कैलाली जिल्ला अदालतको फैसलामा उनी रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार