१० श्रावण २०८१, बिहीबार

धनगढीको मेयरमा काँग्रेसका सात जनाको दावेदारी



धनगढी / स्थानीय चुनावमा धनगढी उपमहानगरपालिकाको मेयर हुनका लागि नेपाली काँग्रेसबाट सात जनाको दावेदारी परेको छ ।

धनगढी नगर कमिटीले नगर प्रमुख तथा उपप्रमुख हुन चाहनेको नाम मागेपछि सात जनाको दावेदारी परेको हो ।

मेयर पदमा वर्तमान मेयर नृपबहादुर वड, काँग्रेसका महाधिवेशन प्रतिनीधि कृष्णबहादुर महरा क्षेत्री, पूर्ण जिल्ला सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय, नेतृ जाग्रिती बोगटी र लक्ष्मीदत्त भट्टले दावेदारी गरेका छन् ।

यस्तै उपमेयर पदमा पुष्पा भट्ट, सुनिता राना, सुनिता राना, प्रमिला लम्साल, डम्मरी महरा रक्षा र निपा चोखाल दावेदारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार