४ पुष २०८२, शुक्रबार

स्थानीय चुनाव : कैलालीमा सत्तारुढ गठवन्धनवीच सहमति भएन



धनगढी / पाँच दलिय गठबन्धनमा स्थानीय तहमा भागवण्डामा सहमति नभएपछि प्रदेश समितिमा पठाउने निर्णय भएको छ ।
पटक–पटक बसेको बैठकमा नेपाली काँग्रेसले आफू अगाडि रहेको स्थानमा दाबी गरेपछि सहमति जुटन नसेकका कारण प्रदेशमा पठाइएको हो ।

काँग्रेसले धनगढी उपमहानगरपालिका, लम्की, घोडाघोडी, टीकापुर, गोदावरी, घोडाघोडी, नगरपालिका, चुरे, जोशीपुर, जानकी, कैलारी, जानकी, वर्दगोरिया गाउँपालिकामा दाबी गरेको छ ।

माओवादी केन्द्रले भजनी नगरपालिका र कैलारी गाउँपालिका नछोड्ने भएपछि प्रदेशस्तरिय गठबन्धन संगठनमा पठाउने निर्णय गरेको बताए ।

शनिबार भजनीमा भएको बैठकमा नेकपा (एकीकृत समाजवादी) ले पाँच वटा स्थानीय तहमा आफनो दाबीलाई निरन्तरता दिएको छ । बुधबार बसेको अनौपचारिक बैठकमा पनि सो पार्टीले कैलालीको गोदावरी, गौरिगंगा, घोडाघोडी र लम्कीचुहा नगरपालिका तथा चुरे गाउँपालिकामा दावी जारी राखेको थियो । वैठकले भने कुनै निर्णय नलिई वैशाख ३ गते बस्ने गरि स्थगित गरेको थियो ।

२०७४ सालको निर्वाचनको मतभारका आधारमा नेपाली काँग्रेस र माओवादी केन्द्रको स्थानीय तहमा दाबी बढ्ने देखिएको छ ।
चार स्थानीय तहमा प्रमुख तथा अध्यक्ष रहेको नेपाली काँग्रेस र दुई स्थानीय तहमा बलियो रहेको माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा दोस्रो स्थानमा रहेका स्थानीय तहमा पनि दाबी गर्ने तयारी गरेको छ ।

२०७४ को निर्वाचनका आधारमा नेपाली काँग्रेसले कैलालीको गोदावरी, लम्की, टीकापुर नगरपालिका तथा चुरेमा दाबी गर्ने नेपाली काँग्रेस कैलाली सचिव केशव मिश्रले बताए । काँग्रेसले जितेका धनगढी उपमहानगरपालिका, वर्दगोरिया, जानकी र जोशीपुर गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा पनि काँग्रेसको स्वतह दावी हुने नै भयो मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार