१० श्रावण २०८१, बिहीबार

प्रदेश प्रमुखद्धारा नयाँ वर्ष तथा बिशु पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना




धनगढी / सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले सोमबार धनगढीमा आउँदै गरेको नयाँ वर्ष २०७९ र बिशु पर्वको पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्रीहरु दीर्घबहादुर सोडारी, रणबहादुर रावल, , गोविन्दराज जोशी, विनिता चौधरी, उपसभामुख निर्मला वडाल जोशी, राज्यमन्त्रीहरु, प्रदेश सभा सदस्य, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकृतहरु, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिकर्मी, सञ्चारकर्मी, सरकारी उच्चपदस्थ कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रदेश प्रमुख जोशीले सुदूरपश्चिम प्रदेशमा नयाँ वर्षको आरम्भमा मनाइने बिशु पर्वको महत्वबारे चर्चा गरे । उनले भने– यो (बिशु पर्व) सुदूरपश्मिचको विशिष्ट मौलिक सांस्कृतिक पर्व हो । यसले हामी सबैमा एकता, सामाजिक सद्भाव तथा भाइचारा सम्बन्ध बृद्धिका लागि प्रेरित गरिरहेको छ ।

कार्यक्रमको सञ्चालन प्रदेश प्रमुखका स्वकीय सचिव अफिलाल जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार