१० श्रावण २०८१, बिहीबार

श्रीमतीले श्रीमानको हत्या गरेर टाउको प्रहरीमा बुझाइन्



धनगढी / कैलालीको मोहन्याल गाउपालिका १ राक्सामा घर भएकी ३२ वर्षीया युवतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । उनले श्रीमानको टाउको काटेर प्रहरीमा बुझाएकी छन् । श्रीमानको टाउको बोरमा हालेर प्रहरीमा ल्याएको बताइएको छ ।

३२ वर्षीया चुमाकुमारी बुढामगरले ४३ वर्षीय श्रीमान नारायण बुढा मगरको हत्या गरेको प्रहरीले जनाएको छ । मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारिएको अवस्थामा छ।

उनीहरुवीच निक्कै झगडा हुने गरेको स्थानीयले बताएको प्रहरीको भनाइ छ । चुमाकुमारीलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।

उनले श्रीमानको हत्या गरेको स्वीकार्दै इलाका प्रहरी कार्यालय पण्डौनमा श्रीमानको टाउको बुझाएकी हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले उनले आइतबार राति १२ बजेतिर धारिलो हतियार प्रयोग गरेर श्रीमानको हत्या गरेको बताएकी छन् ।

घट्नाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । मृतकको मुचुल्का उठाउन प्रहरी घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार