११ पुष २०८१, बिहीबार

मन्त्रीपरिषद बैठक : शुक्रवारदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस



धनगढी / सुदूरपश्चिम प्रदेशसभाको चालु हिउँदे अधिवेशन शुक्रवारदेखि अन्त्य हुने भएको छ ।

बिहीवार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले चालु नवौं अधिवेशन अन्त्यकालागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन ।

उनका अनुसार मन्त्रीपरिषद बैठकले प्रदेश निजामती कर्मचारीको आन्तरिक भ्रमण (कार्यक्रम सञ्चालन) निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यालय डोटीमा रहने गरी स्थान तोकेको छ ।

मन्त्री जोशीकाअनुसार मन्त्रीपरिषद बैठकले आगामी वर्ष २०७९ सालमा दिइने सार्वजनिक विदाहरु पनि अनुमोदन गरेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धि विधेयक तर्जुमा गर्न सैदान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार