१० श्रावण २०८१, बिहीबार

धनगढीमा एमालेका सातजना मेयरका दावेदार



एमाले धनगढी उपहानगर कमिटीको बैठकमा धनगढीका पूर्वमेयर खेमराज पाण्डे, अघिल्लो चुनावमा मेयरका उम्मेदवार बनेका दुर्गा जोशी र नेता रणबहादुर चन्द, राजेश खाती, जीवन वम, कमल राना र प्रेमप्रकाश चुनाराले मेयर दावेदारी पेश गरेको छन् । यस्तै दिप्ती शाही, नन्दकला राना र जानकी चौधरीले उपमेयरमा दावी गरेका छन् ।


धनगढी / नेकपा (एमाले) बाट धनगढी उपमहानगरपालिकाको मेयरका लागि सात जनाले दावेदारी प्रस्तुत गरेका छन् ।

एमाले धनगढी उपहानगर कमिटीको बैठकमा धनगढीका पूर्वमेयर खेमराज पाण्डे, अघिल्लो चुनावमा मेयरका उम्मेदवार बनेका दुर्गा जोशी र नेता रणबहादुर चन्दले मेयरमा दावेदारी गरेका छन् ।

यस्तै प्रदेश सदस्य राजेश खाती, जीवन वम, कमल राना र प्रेमप्रकाश चुनाराले पनि मेयर दावेदारी पेश गरेको एमालेले जनाएको छ ।

यस्तै दिप्ती शाही, नन्दकला राना र जानकी चौधरीले उपमेयरमा दावी गरेका छन् ।

नगर कमिटीले मेयर र उपमेयरका सबै नामहरु उपल्लो कमिटीमा पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार