१० श्रावण २०८१, बिहीबार

ओलीबाहेक अरुसंग सहकार्य तथा एकता सम्भव– नेपाल



धनगढी / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक अरु दलहरूसंग सहकार्य तथा एकता सम्भव रहेको बताएका छन् ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीसंग कुनै पनि किसिमको एकता वा सहकार्य सम्भव नरहेको स्पष्ट गरे ।

समाजवादी प्रेस संगठन, कैलालीले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एकिकृत समाजवादीका अध्यक्ष नेपालले केपी ओलीलाई प्रतिगामीको संज्ञा दिदै भने– ‘प्रतिगामीविरुद्ध अग्रगमनकारी शक्तिहरूबीच आगामी स्थानीय निर्वाचनमा सहकार्य अर्थात तालमेल हुनेछ ।

उनले वामपन्थी र लोकतान्त्रिक शक्तिबीच चुनावी तालमेल हुने बताए ।

उनले पाच दलीय गठबन्धन दलहरूबीचको चुनावी एकता वा गठबन्धनका कारण जनतामा सकारात्मक सन्देश गएको दाबी गरे । उनले भने– हाम्रो यो निर्णयबाट जनता उत्साहित छन् । विपक्षहरूको भने निदहराम भएको छ ।

उनले सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसले सहभागिता खोज्नु स्वभाविक भएको बताउदै तर यस्ता कुराहरु प्याकेजमै टुंगो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार