१० श्रावण २०८१, बिहीबार

बालबालिकाको सहभागिता सम्वन्धि नमुना कार्यविधीले विद्येयक बनाउन सहयोग पुग्छ : राज्यमन्त्री साउँद




धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका साामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँदले बालबालिकाको सहभागिता सम्वन्धि नमुना कार्यविधीले प्रदेशको विद्येयक बनाउन सहयोग पुग्ने बताएकी छन् ।

आइतबार बालसहभागितामा कार्यरत संस्थाहरूको साझा समूह (कन्सोर्टियम–नेपाल) ले बुझाएको नमुना मस्यौदा र ज्ञापन पत्र बुझ्दै राज्यमन्त्री साउदले बालबालिकाको सहभागिता सम्वन्धि विद्येयक बनाउनका लागि मन्त्रालय लागि परेको पनि बताइन ।

उनले सुदूरपश्चिमका बालबालिकाका समस्या फरक रहेकोले ती समस्यालाई समेत ध्यान दिएर विद्येयक बनाउने समेत बताइन ।

सो अवसरमा कन्सोर्टियम–नेपालका अध्यक्ष मोहन दंगालले नेपालको संविधानले बालसहभागितालाई मौलिकहकको रुपमा व्यवस्था गरेको र नेपालको बालबालिका सम्बन्धी ऐन २०७५ ले पनि बालसहभागितालाई एक महत्वपूर्ण हकको रुपमा स्थापित गसिकेको स्मरण गराएका थिए ।

यी अधिकारहरू संस्थागत हुनको लागि राज्यका तीनै तहमा आवश्यक नीति, संरचना तथा कार्यक्रम हुनु जरुरी देखिएको पनि उनले बताए ।

कन्सोर्टियम नेपालले प्रदेश सरकार अन्तर्गत सम्बन्धित मन्त्रालयको नेतृत्वमा सातै प्रदेशमा प्रदेश स्तरिय बालसहभागिता सम्बन्धी कार्यविधि बनाउन प्राविधिक रुपमा सहयोग एवं सहजीकरण गर्दै आएको छ ।

सातैवटा प्रदेशको प्रतिनिधित्व गर्दै बालसहभागितामा कार्यरत ८४ वटा संस्थाहरू यस राष्ट्रिय सञ्जालमा आवद्ध छन् ।

बालबालिकाका क्षेत्रमा कार्यरत तारक धिताल र डा. कृष्ण सुवेदीले प्रदेश सरकारले चाँडै बालबालिकाको सहभागित सम्वन्धी कानुन चाँडो बनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार