५ पुष २०८२, शनिबार

प्रदेश सभाका सदस्यद्धारा दार्चुला र डडेल्धुरामा अनुगमन




धनगढी / सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सदस्यहरुले गएको वर्खामा वाढी तथा पहिरोवाट प्रभावित दार्चुलाका विभिन्न क्षेत्र र प्रदेश गौरवका योजनाको अनुगमन गरेका छन् ।

दार्चुलाका मालिकार्जुन गाउँपालिका महाकाली नगरपालिका र दुहुँ गाँउपालिकाका प्रभावित क्षेत्र अनुगमन गरेका हुन ।

अनुगमन टोलीलाई मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले वाढी तथा पहिरोको कारण ५६ घरपरिवार क्षति पुगेको र १४४ घरपरिवार उच्च जोखिममा रहेको र पालिकाका अधिकाँश खानेपानी, विद्यालय सडक लघुवित्त र स्वास्थ्य भवनमा समेत क्षति पुगेको वताउदै प्रदेश तहवाट आवश्यक सहयोगका लागि अनुरोध गरे ।

अनुगमन टोलीले महाकाली नगरपालिका वडा नम्बर १ मा वाढीवाट क्षति भएका पुल तथा वस्तीको अनुगमन गरेको छ । सो टोलीसंग लामो समय भैसक्दा पनि क्षति भएका पुलहरुको निर्माण कार्य शुरु नभएको गुनासो गरेका थिए ।

त्यस्तै टोलीले दुहुपालिका वडा नम्बर १ मा रहेको शिरवगर वस्तीको पनि अनुगमन गरेको छ । महाकाली नदिको कटानका कारण वस्तीका २० घरपरिवार उच्च जाखिममा रहेका छन् । तटवन्धका लागि ०७५/७६ मा टेन्डर भएको तर अहिलेसम्म काम पूरा नभएको भन्दै ठेकेदारले लापरवाही गरेको स्थानीयले गुनासो गरेका छन् ।

स्थानीय कृष्ण वमले तटवन्ध निर्माण नभए वस्ती उच्च जोखिममा रहने भन्दै वस्ती नै सारी दिन आग्रह गरे ।

प्रदेश सभा सदस्य तथा सामाजिक विकास समितिका सदस्य गेल्वुसिंह वोहराले तटवन्ध निर्माणमा ढिलाइको कारण जानकारी लिइ यथासिघ्र काम शुरु गर्न निर्देशन दिने वताए । सो टोलीसंगै रहनु भएका प्रमुख जिल््ला अधिकारी दीर्घराज उपाध्यायले ठेकेदारसंग यसवारेमा जानकारी लिने समेत वताए ।

त्यस्तै अनुगमन टोलीले डडेलधुराको अमरगढी नगरपालिका वडानम्बर २ स्थित दलित वस्तिका नागरिकसंग पनि हलिया लगायतका विषयमा छलफल गरेको छ ।

कार्यक्रमा वडाध्यक्ष मनोहर खडायतले वडाको विकासका कामहरु र समस्याका वारेमा जानकारी गराए । छलफलको क्रममा स्थानीयहरुले हलियाको सूचीकरणमा आफूहरुको नाम छुटेको गुनासो गरे ।

महिला सहभागीहरुले वस्तीमा खानेपानी र सिंचाइको असुविधा रहेको वताउदै आयआर्जनका कार्यक्रम पनि लागू गरिदिन समेत आग्रह गरे। कार्यक्रममा सामाजिक विकास समितिका सदस्य माया भट्टले वस्तीका समस्यका लागि नगरपालिकासंग आववश्यक समन्वय गर्ने वताए ।

प्रदेश सभाको संसदीय अभ्यास बारे छलफल
सोहीक्रममा सुदुरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापा र उपसभामुख निर्मला जोशी, प्रदेश सभाका सदस्यहरु र युवा विद्यार्थीहरुकावीच प्रदेश सभाको संसदीय अभ्यास र प्रदेश सभाको भूमिका बारे छलफल समेत भएको छ ।

गत साता भएको सो छलफल दार्चुलाका खलंगामा भएको थियो । कार्यक्रममा दार्चुलाका विभिन्न क्याम्पसका ३५ जनाको सहभागिता रहेको थियो ।

कर्यक्रममा कृर्तिका कार्की, जिवनसिंह वडाल,सुरजसिंह विष्ट,ललित सावद र नरेन्द्र जोशी लगायतले संसदमा विद्येयक दर्ता पछिको प्रक्रिया के हुन्छ संकल्प प्रस्ताव के हो, अविश्वासको प्रस्ताव किन ल्याइन्छ, कानुन वनाउदा अरु कानुनसंग वाँझिएमा के हुन्छ जस्ता जिज्ञासा राखे ।

अनुगमन र अन्र्तक्रिया चैतको पहिलो साता पाँच दिन लगाएर गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । ती कार्यक्रम संसद सचिवालय र यूनडिपीको संसद परियोजनाको सहकार्यमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार