४ पुष २०८२, शुक्रबार

आन्तरिक मामिलामा आठ महिनापछि सचिव आउदै




धनगढी / सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आठ महिनापछि सचिव आउने भएका छन् ।

सरकारका प्रवक्ता तथा सो मन्त्रालयका मन्त्री पूर्णा जोशीका अनुसार कमल पौडेल सचिवकारुपमा आउन थालेका छन् । पौडेलले मंगलबार, बुधबारसम्म हाजिर हुन आउने बताएको मन्त्री जोशीले बताइन ।

आफूले पटकपटक संघीय सरकारको सामान्य प्रशासन मन्त्रालयमा आग्रह गरिरहदा बल्ल सचिव पठाइएको छ मन्त्री जोशीले बताइन ।

सचिव नहुँदा मन्त्रालयका विभिन्न योजना र कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो । सचिव नहुँदा वाढी पहिरो पीडितलाई समेत राहत दिन कठिनाइ भएको जनाइएको छ ।

यो वीचमा पनि एक जना सचिवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय पठाइएको थियो तर उनले धनगढी नआएरै सरुवा फिर्ता गरेका थिए ।

आठ महिनाअघि चुडामणी पाडैल सो मन्त्रालयका सचिव थिए । उनी सरुवा भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नयाँ सचिव पाउन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार