एमाले,काँग्रेस‐माओवादीको वार्गेनिङ चिप्स होइन : एमाले सचिव भट्टराई

धनगढी / नेकपा एमाले सचिव योगेश भट्टराईले सत्तागठबन्धनमा रहेका दलहरुले अझै स्थानीय तहको निर्वाचन सार्ने खोजिरहेको आरोप लगाएका छन ।
प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय तहको निर्वाचन सार्ने बहानामा योजनाबद्ध ढंगले सर्वोच्च अदालतमा मुद्दा दायर गरेर निर्वाचन सार्ने प्रयास भइरहेको आरोप लगाएका हुन ।
अब पनि कुनै बहानामा स्थानीय तहको निर्वाचन सार्न खोजिदैछ । विशेष गरेर अदालतमा केही मुद्दाहरु हाल्न लगाइएको छ । स्थानीय तहको पाँच वर्षे अवधि के हो भनेर व्याख्या गर्नका निम्ती सर्वोच्च अदालतमा केही मुद्दाहरु योजनावद्ध ढंगले राखिएको छ र हाल्न लगाइएको छ उनले भने ‐भोली सत्तागठबन्धनहरुले यसको दुरपयोग गर्न सक्छन ।
उनले अदालतसंग निर्वाचन कुनै पनि हालतमा नरोक्न आग्रह गरे । यो निर्वाचन कुनै पनि हालतमा रोक्नु हुँदैन । किनभने यो संवैधानिक व्यवस्था अनुसार नै छ र त्यसमा कुनै पनि संवैधानिक गलत व्याख्या नहोस । त्यो हाम्रो भनाई छ । आम मानिसहरु निर्वाचनतिर केन्द्रित भईसकेका छन । नेपालमा अब क्रमश निर्वाचनको माहोल बन्दै छ । त्यसकारण कुनै बहाना निकालेर यो चुनाव सार्न खोजिदैछ त्यसप्रति नेकपा एमालेको गम्भिर विरोध हुन्छ । ध्यानाकर्षण भएको छ उनले भने संवैधानिक मर्मअनुसार निर्वाचन नभए देशमा अनिष्ट सृजना गर्छ । त्यो हुनु हुदैन भन्ने हाम्रो पहिलो कुरा हो ।
उनले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न विभिन्न प्रयास गरिरहेको बताउदै नेकपा एमालेको दबाब र सिंगो मुलुकका बुद्धिजीविको दबाबमा वैशाख ३० गते निर्वाचन मिति घोषणा गरिएको हो । यो निर्वाचन मिति त्यति सजिलै घोषणा भएको होइन । संविधानमा भएको व्यवस्थाको मर्म अनुसारनै निर्वाचन हुनुपर्छ भनेर नेकपा एमालले दबाब सृजना गर्यो उनले भने ।
उनले निर्वाचन लक्षित गरि कर्मचारीहरुको सरुवा बढुवा, सुरक्षा निकायको सरुवा गर्ने लगायतका काम गरिरहेको बताए । कर्मचारी सरुवा बढुवा सरकारको नियमित काम हो । यसमा हाम्रो कुनै आपत्ती छैन । तर, निर्वाचन लक्षित गरेर, निर्वाचनलाई प्रभावित गर्ने गरेर केही नियोजित कामहरु भइरहेका छन उनले भने –यहाँहरु मार्फत सिगो नेपालको सुरक्षा निकाय तथा राज्यको तर्फबाट खटिने कर्मचारीलाई म के भन्न चाहन्छु भने यो निर्वाचन शान्तिपूर्ण हुनुपर्छ, निरभयताका साथ आममानिसहरुले आफुले चाहेको उम्मेदवारलाई मतदान गर्ने वातावरण हुनुपर्छ । सुरक्षा निकाय र कर्मचारीतन्त्र राज्यको पक्षमा जान मिल्दैन । सरकारको पक्षमा जान मिल्दैन । निष्पक्ष ढंगले उहाँहरुले आफनो भुमिका खेल्नुहोस ।
उनले नेकपा एमाले केन्द्रिय कमिटीको बैठकले स्थानीय तहको निर्वाचनमा कसैसंग गठबन्धन नगर्ने निर्णय गरेको उनले बताए । हामी फलानो पार्टीसंग गठबन्धन गर्छु भनेर पार्टीको केन्द्रिय तहले घोषणा गर्दैन । नेकपा एमाले आफनो सामाथ्र्य र वलमा यो चुनाव लड्छ उनले भने एमाले यो मुलुकको लोकप्रिय पार्टी हो । हामीलाई यो पनि विश्वास छ अब आउने निर्वाचनमा हामी ६० प्रतिशत भन्दामाथि स्थानीय तहमा विजयी हासिल गर्ने विश्वास लिएका छौं । गएको स्थानीय तहको चुनावमा हामीले ४५ प्रतिशत सिटमा विजयी हासिल गरेका थियौ ।
नेता भट्टराईले गठवन्धन सरकारले आठ महिनामा कुनै राम्रा काम गर्न नसकेको महंगी निक्कै बढेको, आर्थिक अवस्था इतिहासकै खराव भएको, विदेशी मुद्राको संचय घटेको, सहयोग अनुदान आउन छोडेको र परराष्ट्र सम्वन्ध असन्तुलित बनाएकोले पनि एमालेले पहिले भन्दा बढी जित्ने बताए ।
उनले जिल्ला कमिटीले एक तहमाथिको कमिटीसंग पूर्व स्विकृति लिएर स्थानीय आवश्यकता अनुसार जिल्ला कमिटीहरुले चुनावी तालमेल गर्न सक्ने बताए ।
उनले एमालेको मुख्य प्रतिद्वन्द्वी नेपाली काँग्रेसमात्र रहेको दाबी गरे । नेपाली काँग्रेस र एमालेबिचको चुनाव हो यो । अरु दलहरुले त्यस्तो ठूलो हैसियत राख्ने अवस्था पनि छैन उनले भने ।
उनले केही दलहरुले सत्तारुढ गठबन्धनसंग चुनावी तालमेल गर्ने भन्दै आइरहेको बताए । त्यो उहाँहरुको बाध्यता हो । किनभने उहाँहरुले एकलै चुनाव लडेर जित्न सक्ने कहि पनि छैन । त्यसकारण काँग्रेससंग टाँसिएर केही ठाउँमा हात लाग्छ कि भनेर उहाँहरुले सोच्नु भएको छ पूर्वमन्त्री समेत रहेका भट्टराईले भने यो बहुदलिय प्रणाली हो । पार्टीहरुबिच प्रतिष्पर्धा हुन्छ र यो बहुदलिय प्रणाली अब विस्तारै दुई पार्टीबिचको प्रतिस्पर्धामा जाँदै छ ।
उनले अहिलेको गठबन्धन वैचारिक तथा सैद्धान्तिक गठबन्धन नरहेको बताए । उनले गठबन्धन नेकपा एमाले विरुद्ध रहेको बताए । उनले व्यक्तिगत स्वार्थका आधारमा बनेको गठबन्धनलाई नेपाली जनताले कायम नराख्ने बताए । उनले एमालेले गठबन्धनबाट एमाले त्रसित नभएको बताए ।
चुनावमा वाम एकता सम्भव छैन भन्ने पत्रकारको प्रश्नका्े जवाफमा उनले एमाले काँग्रेस माओवादीको वार्गेनिङ चिप्स नबन्ने बताए ।




