१० श्रावण २०८१, बिहीबार

धनगढीमा अपाङ्गता भएकाहरुलाई सहायता सामाग्री वितरण




धनगढी / धनगढी उपमहानगरपालिका वडा नम्बर २ का अपाङ्गता भएका २५ जनाले आइतबार सहायता सामाग्री पाएका छन् । सहायता सामाग्री पाएपछि उनीहरु निक्कै खुसी देखिएका थिए ।

अपाङ्गताका कारण हिँडडुलमा निक्कै दुख पाइरहेकी धनगढी उपमहानगरपालिका‐२ कि विष्णुदेवी गुरुङ ह्वील चियर पाउँदा खुसीका आशु बगाइरहेकी थिइन ।

उनले ह्वील चियरले हिँडडुल गर्न सजिलो हुने आशा लागेको बताइन । सोही कार्यक्रममा दिसापिसाव गर्न कठिनाइ भोगिरहनु भएकी भानुदेवी पार्कीले पनि दिसापिसावका लागि सहज हुने सामाग्री पाइन ।

धनगढी उपमहानगरपालिका‐२ कि विष्णुदेवी गुरुङ धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडबाट ह्वील चियर बुझ्दै ।

यूएसआइडीको सहयोगमा फेज नेपाल र स्वालम्वन जीवनपद्धती केन्द्र ललितपुरद्धारा सञ्चालित नेपालमा स्वालम्वी जीवनपद्धती अवधारणाको विस्तार र सृद्धिढिकरण अन्र्तगत पूर्ण तथा अति अशक्त अपांगता भएका व्यक्तीहरुका लागि निशुल्क सहायता सामाग्री वितरण गरिएको थियो ।

उनीहरुलाई धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले ह्वीलचियर हस्तान्तरण गरका थिए ।

सो अवसरमा बोल्दै धनगढी उपमहानगरका प्रमुख वडले कोरोनाका कारण अपाङ्गता भएकाहरुलाई सक्दो सहयोग गर्न नसकेको बताउदै सहयोगका लागि दात्तृ संस्थासँग आग्रह गरिएको बताए । यसैवीच केही दिनपछि उपमहानगरले १०० जनालाई अझ सुविधायुक्त सामाग्री वितरण गर्ने उनले बताए ।

स्वालम्वन जीवनपद्धती केन्द्र कैलालीका अध्यक्ष भीमबहादुर शाहको अध्यक्षतामा भएको सो कार्यक्रममा लतिपुरका अध्यक्ष भोजराज श्रेष्ठ, सचिव कमला श्रेष्ठ लगायतले धनगढीका १९ वटै वडामा अपाङ्गता भएकाहरुको तथ्याङ्क सङ्कलन भइरहेको बताए ।

लतिपुरका अध्यक्ष भोजराज श्रेष्ठले सरकारले अपाङ्गता भएकालाई सहायता सामाग्री दिनु पर्ने बताएका थिए । अपाङ्गता भएकालाई सहायता सामाग्री .दयाभावले होइन अधिकारकारुपमा दिइनु पर्ने उनले बताए । उनले आफ्नो कर्मथलो ललितपुर उपमहानगर अपाङ्ग मैत्री भएको् समेत बताएका थिए ।

सो कार्यक्रम अन्र्तगत धनगढी वडानम्बर १४ मा किराना पसलका लागि २५ हजार, वडानम्बर ७ मा वंगुर पालनका लागि २० हजार र वडा नम्बर ३ मा भैसी पालनका लागि ३५ हजार रुपियाँ अपाङ्गता भएका १/१ जनालाई सहयोग गरिएको स्वालम्वन जीवनपद्धती केन्द्र कैलालीका अध्यक्ष भीमबहादुर शाहले बताए ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार