१२ बैशाख २०८१, बुधबार

व्यवसायिक केराखेतीमा महिला





कञ्चनपुर (गुलरिया) / कञ्चनपुर जिल्लाकोे कृष्णपुर नगरपालिका वडा नम्बर ५ का बिष्णुमती चौधरी व्यवसायिक केरा खेतीमा जुटेकी छिन् ।
उनले आफ्ना श्रीमान गोपीलाल चौधरीसंगै दुई वर्षदेखि व्यवसायिक रुपमा केरा खेती गर्दै आएकी छिन् । उनले जिनाइन प्रजातीको केरा खेती गरिरहेकी छिन् ।
केरा खेतीमा राम्रो सम्भावना भए पनि उत्तिकै चुनौती पनि रहेकोे उनको अनुभव छ । उनका अनुसार बजार व्यवस्थापन केरा खेतीको प्रमुख समस्या हो ।
गत वर्ष कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण भारतबाट केरा आयातमा कमी आएकोले स्थानीय उत्पादनले राम्रो बजार पाएको उनले बताइन ।
उनी महिला स्वास्थ्य स्वयंसेविका पनि हुन ।
शुरुमा आठ कठ्ठा जमिनमा केरा खेती गरेकी बिष्णुमतीले हाल १६ कठ्ठा जमिनमा खेती विस्तार गरेकी छिन् ।
उनले गुलरिया, अत्तरिया, धनगढी र पहाडमा केरा बिक्री हुने गरेको बताइन र

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार