चुनावमा धाँदली हुन थाले ठोक्नुस : प्रचण्ड
चुनावमा धाँदली हुन थाले ठोक्नुस, नठोक्नाले मलाई पनि माथि हेप्छन तँपाइहरुलाई पनि हेपिहेका छन् उनले भने माओवादी र जनयुद्ध सुन्न नचाहनेले हामीले जति राम्रो गरे पनि राम्रो भन्दैनन् ।

धनगढी / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठवन्धन हुन्छ भन्ने कुरालाई दिमागबाट हटाएर आफ्नै नीति, कार्यक्रमका आधारमा जित्ने गरेर चुनावको तयारी गर्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
सोमबार धनगढीमा भएको राजनैतिक‐वैचारिक प्रशिक्षणमा बोल्दै उनले भने यो चुनाव सामान्य चुनाव होइन संविधान, सङ्घीयता, गणतन्त्र उल्टाउन खोज्ने देशी विदेशी शक्तिले माओवादीलाई सिध्याउन खाजेका छन् चुनावमा पनि हामीलाई सिध्याउ खोजिने छ ।
उनले थपे त्यसैले जनताका वीचमा दुई महिना खटेर जीत हासिल गर्नुपर्छ । प्रचण्डको भने, जनता, शहिद परिवार, वेपत्ता परिवार, घाइते, अपांगका वीचमा गएर आत्मसमिक्षा गर्नुस, विगतमा गल्ती अव दोहोरिन्न दिन्नौ भन्नुस त्यसले हामीलाई चुनाव जिताउने छ ।
उनले परिवर्तनको वहाक माओवादीलाई सिध्याउन प्रयास जारी रहेकोले आगामी स्थानीय चुनाव आफ्नो पार्टीका लागि लडाइँ जस्तै भएको बताएका छन् ।
चुनावी तालमेल भए गठवन्धनकै दलसित हुन्छ, नभए एक्लै लड्नुपर्छ केही गरेर गठवन्धनका दलले गठवन्धन बाहिरका दलसित तालमेल गरे तपाईहरु पनि जित्ने गरेर स्थानीय आवश्यक्ता अनुसार तालमेल गर्दा पनि हुन्छ उनको पार्टी पंक्तीलाई निर्देशन थियो ।
चुनावमा धाँदली हुन थाले ठोक्नुस, नठोक्नाले मलाई पनि माथि हेप्छन तँपाइहरुलाई पनि हेपिहेका छन् उनले भने माओवादी र जनयुद्ध सुन्न नचाहनेले हामीले जति राम्रो गरे पनि राम्रो भन्दैनन् ।
ओलीले दुईदुई पटक संसद विद्यटन ओलीको मात्रै चाहनाले भएको होइन देशी विदेशी शक्ति, न्यायलय समेतको संलग्नतामा माओवादीलाई सक्न गरिएको थियो । पटकपटक हाम्रो पार्टी फुटाइयो अहिले पनि फुटाउन खोजिएको थियो अध्यक्ष प्रचण्डले भने जनतासंग जानका लागि आफूहरुसित प्रर्याप्त एजेण्डा छन् ।
उनले भने, देश ०१७ सालको अवस्थामा गइसकेको थियो माओवादीकै वल र पहलले संसद विघटन जस्तो प्रतिगमन सच्चियो, हामीले ठूलो कम्युनिष्ट पार्टी बनाउन र दुनियाँलाई नयाँ शन्देस दिन एमालेसंग एकता गर्यौ तर केपी ओली खलनायक निस्के ।
सो अवसरमा सुदूरपश्चिमका सवालमा बोल्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका लागि तयार रहन सुदूरपश्चिमका माओवादी नेताहरुलाई अपिल गरेका थिए ।
सुदूरपश्चिमको आवश्यकता परिपूर्तिका लागि यसलाई एउटा प्रदेश बनाइए पनि त्यतिलेमात्रै नपुगेकोले समाजवादी क्रान्ति र समाजवादी यात्रा अपरिहार्य रहेको उनले बताए ।
सुदूरपश्चिम समाजवादको यात्रामा अगाडि बढ्न नसक्दासम्म संयौं वर्षदेखिको विभेद कायम रहिरहन्छ । र, सुदूरपश्चिमले समुचित रुपमा आफ्नो अधिकार पाउन सक्दैन उनको भनाइ थियो ।
जनयुद्धमा अग्रणि भूमिका निर्वाह गरेको सुदूरपश्चिमलाई समाजवादी क्रान्तिको आधार इलाकाको रुपमा स्थापित हुन ठूलो अवसर रहेको प्रचण्डको दावी थियो । उनले इतिहासदेखि नै काठमाण्डौंले सुदूरपश्चिमलाई विभेद गरेको भन्दै –अब समाजवादको आधार निर्माण गरेर काठमाण्डौंलाई एउटा सन्देश दिने अवसर सुदूरपश्चिमलाई छ ।
प्रशिक्षण कार्यक्रमलाई माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, सुदूरपश्चिम अध्यक्ष हरिप्रसाद चौधरी ‘उत्सव’, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतकाले सम्बोधन गरेका थिए ।





