५ पुष २०८२, शनिबार

सुदूरपश्चिम सरकारमा काँग्रेसलाई ल्याउने प्रयास भएको छ : अध्यक्ष प्रचण्ड



प्रकाश सपुतको गीतलाई लिएर आवेगमा आउन जरुरी छैन

धनगढी / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेस सामेल हुन खाजेको बताएका छन् ।

काँग्रेस सरकारमा आउन खोजेपछि हामीले सकरात्मकरुपमा लिएका छौ सोमबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै उनले भने सुदूरपश्चिममा एकीकृत नेकपा समाजवादीका धेरै मन्त्री छन् सोही पार्टीबाट केहीलाई त्याग गर्न लगाएर काँग्रेसलाई सरकारमा ल्याउनु पर्ने विषयमा छलफल जारी रहेको छ ।

उनले मुख्यमन्त्री तत्काल परिवर्तन नहुँने बताए । माधवजीले सुदूरपश्चिम प्रदेशको नेतृत्व चाहिएको भन्नु भएको थियो हामीले त्यसो भए बागमतीमा हामीलाई दिनुस भन्यौ त्यसपछि उहाँहरु भैगो त भन्नेमा पुग्नु भएको छ प्रचण्डले भने गठवन्धनवीच काँग्रेस, माओवादी, समाजबादी दुई प्रदेश र जसपाले एक प्रदशेको नेतृत्व गर्ने सहमति छ ।

अध्यक्ष प्रचण्डले अर्लि इलेक्सनको सम्भावना नभएको बताए । उनले अर्लि इलेक्सन भन्दा पनि स्थानीय तहको चुनावमा आफूहरु केन्द्रीत भएको बताए ।

उनले महाधिवेशनको सन्देश दिन र चुनाव केन्द्रीत अभियान चलाउन माओवादीले देशभर कार्यक्रम गरिरहेको पनि बताए ।
अध्यक्ष प्रचण्डले माओवादीले आफ्नै वलमा चुनाव जित्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताउदै गठवन्धन गरेर चुनावमा जाने विषय दोस्रो प्राथमिकतामा रहेको बताए ।

काँग्रेस चुनावी गठवन्धनको पक्षमा छ त ? भन्ने प्रश्नको जवाफमा उहाँले प्रधानमन्त्री गठवन्धन गरेर चुनावमा जानुपर्छ भन्नेमा हुनुहुन्छ, गठवन्धन हुन पनि सक्छ ।

अर्को प्रसंगमा उहाँले सत्तारुढ दलवीच कुनै पनि खालको तिक्तता नरहेको चर्चा पनि गरे ।

प्रचण्डले एमसीसीलाई लिएर माओवादीमा भएको विवाद वहस जारी राख्ने गरेर समाधान भएको बताए । अध्यक्ष प्रचण्डले सो कुरा भनिरहदा साथमा रहेका नारायणकाजी श्रेष्ठ प्रकाश मुस्कुराएका थिए ।

प्रकाश सपुतको गीतका विषयमा माओवादी कार्यकर्ता आक्रोशित छन् नि भन्ने प्रश्नमा उनले प्रकाश सपुत सृजनात्मक छन त्यो विषयमा आवेगमा आउन जरुरी छैन । यद्यपी आफूले त्यो गीत राम्रोसित सुन्न नपाएको उनको भनाइ छ ।

माओवादी जनयुद्धका विषयमा सयौ वर्षसम्म पक्ष र विपक्षमा वहस हुन्छन् त्यो स्वभाविक हो अध्यक्ष प्रचण्डको भनाइ थियो । माओवादी जनयुद्धलाई गहिराईमा गएर बुझ्न पनि उनले सबैलाई आग्रह गरे ।

अध्यक्ष प्रचण्ड लगायतका नेताहरु सोमबार नै धनगढीमा हुन लागेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार