१० श्रावण २०८१, बिहीबार

नवजीवनको चुनाव सकियो, राती नै गणना हुँदै



दायाँ अध्यक्षका उम्मेदवार रतन कठायत र वायाँ अर्का उम्मेदवार देववहादुर वम

धनगढी / नवजीवन सहकारी संस्थाको चुनावमा १७ हजार ८० मत खसेको छ । नवजीवनमा २९ हजार ५७७ शेयर सदस्य रहेका छन् ।
प्रमुख निर्वाचन अधिकृत लोकबहादुर विष्टका अनुसार राती १० बजेदेखि गणना हुने तयारी छ ।
नवजीवनको चुनावमा रतनबहादुर कठायत र देवबहादुर वमको नेतृत्वमा दुई प्यानल बनाएर चुनावमा उत्रिएका छन् ।
कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, , गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, भीमबहादुर बलायर, गणेश वम राधिकाकुमारी चौधरी र उपेन्द्र विष्ट, सदस्य पदमा उम्मेदवार छन्।

कठायतको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवार छन्।
यस्तै गरेर वमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, शिवकुमार जोशी फुलारा, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज विष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र उम्मेदवार छन्।

वम प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार