१० श्रावण २०८१, बिहीबार

फराकिलो मतान्तरले काँग्रेस सभापतिमा भट्ट विजयी



धनगढी / नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट २६३ मतको अग्रताका साथ विजयी भएका छन्।

पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर वमलाई पराजित गर्दै भट्ट जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।

भट्टले एक हजार ३५९ मत पाएर विजयी भए भने वमले एक हजार ९६ मत पाए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत भन्दा वढी मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो।

आज भएको मतदानमा दुई हजार ४६७ मत खसेको थियो । जिल्ला अधिवेशनमा दुई हजार ५७२ मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार