भट्ट ५५९ मतका साथ निक्कै अगाडि, वमलाई ३४५

धनगढी / नेपाली काँग्रेस कैलालीको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको गणनामा पाँचै क्षेत्रमा सभापतिका उम्मेदवार नारायणदत्त भट्ट अगाडि देखिएका छन् ।
उनले कैलाली क्षेत्र नम्बर १ र २ को गणनामा ५५९ मत पाइका छन् । उनका प्रतिद्धन्द्धी प्रकाशवहादुर वमले ३४५ मत पाएका छन् ।




