काँग्रेसको सभापतिको चुनावमा २४६७ मत खस्यो, केही बेरमा गणना हुँदै


धनगढी / नेपाली काँग्रेस कैलालीको सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा दुई हजार ४६७ मत खसेको छ ।
फागुन १५ गते भएको पहिलो चरणको चुनावमा खसेको मतको ५० प्रतिशत वढी अर्थात एक हजार २४४ मत कुनै पनि उम्मेदवारलाई प्राप्त नभएपछि विहीबार फेरि चुनाव भएको थियो ।
सभापति पदका लागि पहिलो चरणमा पहिलो मत ल्याउने प्रकाशवबहादुर वम र दोस्रो मत ल्याउने नारायणदत्त भट्टवीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो चरणमा तेस्रो मत ल्याएका रामबहादुर कलेलले वमलाई समर्थन गरेका थिए ।
जिल्ला अधिवेशनमा दुई हजार ५७२ मतदाता रहेका थिए ।




