१० श्रावण २०८१, बिहीबार

कैलाली काँग्रेसको सभापतिको चुनाव जारी : एक हजार मत खस्यो



धनगढी / खसेको मतको ५० प्रतिशत बढी अर्थात १२४४ मत कुनै पनि उम्मेदवारलाई प्राप्त नभएपछि कैलाली काँग्रेसको सभापतिका लागि विहीबार दोस्रो चरणको मतदान भइरहेको छ ।

आज पहिलो चरणमा सभापतिमा पहिलो र दोस्रो मत पाएका प्रकाश वम र नारायण भट्टवीच प्रतिस्पर्धा छ ।

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार विहान ९ः ३० मा शुरु भएको मतदानमा ११ः३० सम्म एक हजार मत खसी सकेको छ ।

जिल्ला अधिवेशनमा दुई हजार ५७२ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार