१७ बैशाख २०८१, सोमबार

आजदेखि धनगढीमा खप्तड गोल्डकप हुँदै




धनगढी/ पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको ट्रफी पनि सार्वजनिक गरिएको छ । बिहीबारदेखि सुरु हुने प्रतियोगिताको बुधबार पत्रकार सम्मेलनका आयोजना गरी आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले ट्रफी पनि सार्वजनिक गरिएको हो ।

यसैबिच प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आधिकारिक जर्सी पनि सार्वजनिक गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिता उद्घाटन गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन् ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष हमालले बताए । आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती यूथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब रहेका छन् ।

नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार