१० श्रावण २०८१, बिहीबार

माओवादीको प्रदेश अध्यक्षमा उत्सव विजयी




धनगढी / नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव ) विजयी भएका छन्। कैलालीका चौधरी राष्टिय सभा सदस्य पनि हुन ।

चौधरीसित सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका मानबहादुर धामी (सन्तोष) पराजित भएका हुन । २१० मतमध्ये चौधरी ११४ मत पाउदै विजयी भएका हुन् भने धामीले ९३ मत पाए।

प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै तीन महिनापछि सोमबार प्रदेश कमिटीका सदस्यवीच भएको चुनावले नयाँ नेतृत्व छानेको हो ।

निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल (अछाम ), मानसिंह माल ( डडेल्धुरा ) र रणबहादुर कुँवर ,((बैतडी) विजयी भएका छन् ।

सचिवमा जनक बुढा (बझाङ), सह सचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कंचनपुर ) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमल कुमारी शाह (बाजुरा) विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार