वमलाई सभापतिमा ७५ मत पुगेन, वम र भट्टवीच १८ गते फेरि चुनाव हुने


धनगढी / नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि पुनः निर्वाचन हुने भएको छ ।
निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार १८ गते विहान ८ बजेदेखि फेरि मतदान हुने भएको छ ।
निर्वाचनमा जम्मा दुई हजार ४८६ मत खसेको थियो । जस अनुसार सभापतिका उम्मेदवारले सो पदमा जित्नका लागि कम्तीमा पनि एक हजार २४४ मत ल्याउनु पर्ने थियो । तर, तीनै जनाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेनन् ।
अन्तिम नतिजा अनुसार सभापतिका उम्मेदवार प्रकाश वमले एक हजार १६९, नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलले १९७ मत प्राप्त गर्नुभयो । वमलाई सभापति जित्नका लागि ७५ मत कम परेको छ ।
सबैभन्दा बढी मत प्राप्त गर्नु भएका वम र निकटतम प्रतिद्वन्द्वी भट्टमात्रै अब दोस्रो चरणमा चुनाव लड्न पाउने छन् । सबैभन्दा कम मत प्राप्त गर्नुभएका संस्थापन इतर पक्षका रामबहादुर कलेल भने काङ्ग्रेसको विधान अनुसार सभापतिको उम्मेदवार हुन नपाएने भएका छन् । वम र भट्ट संस्थापन पक्षका हुन ।
काङ्ग्रेस कैलालीको नेतृत्व चयनका लागि आइतबार निर्वाचन भएको थियो ।