१० श्रावण २०८१, बिहीबार

कैलाली काँग्रेस चुनाव : सभापतिको लागि दोस्रो चरणको मतदान हुने सम्भावना




धनगढी / खसेको मतको ५१ प्रतिशत अर्थात १२८६ मत कुनै पनि उम्मेदवारलाई प्राप्त नहुने भएपछि कैलाली काँग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने सम्भावना बढेको छ ।

५८६ मत गणना हुन बाँकी रहँदा सभापति पदका उम्मेदवार प्रकाश वमले ८९६, अर्का उम्मेदवार नारायणदत्त भट्टले ७९७ र रामबहादुर कलेलले १७६ मत पाएका छन् ।

जिल्ला अधिवेशनमा दुई हजार ५७२ मतदाता रहेकोमा दुई हजार ४८३ मत जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार