११ पुष २०८१, बिहीबार

भ्रम र डरले छुटेकालाई खोप लगाउन राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनाको आग्रह




धनगढी /
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले सुदूरपश्चिम राजधानीबाट भौगोलिकरुपमा सुदूर टाढा भए पनि खोप लगाउनेमा पहिलो बन्नु पर्ने बताएका छन् ।
कोभिड‐१९ विरुद्धको खोप सम्वन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता अन्र्तक्रियामा आइतबार धनगढीमा बोल्दै उनले अहिले पनि १३ प्रतिशत मानिसहरु भ्रम र डरले खोप लगाउन नमानिरहेको बताउदै उनीहरुलाई खोपको दायरामा ल्याउने दायित्व स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ता र राजनीतिकर्मीको भएको बताए ।
उनले खोप लगाउ भन्ने अभियान चलाउन पनि प्रदेश सरकार र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समझदारी र सहकार्यबाट कोरोना जस्ता महामारीसंग लड्न सजिलो हुने बताए । उनले भने, हरेक समस्याले अवसर र चुनौति दिन्छ, हामीले यसपटक समन्वय, समझदारीको आवश्यक्ता अझ राम्रोसित बुझ्यौ साथै स्वास्थ्य उपकरण, भौतिक संरचना र जनशक्तिको थप गर्न पायौ । स्वास्थ्य क्षेत्र व्यवस्थित हुनु धेरै राम्रो उपलव्धी हो ।
उनले गेटा मेडिकल कलेज चाँडै सञ्चालनमा ल्याइए सुदूरपश्चिमको स्वास्थ्य सेवामा ठूलो योगदान पुग्ने बताउदै सो कलेज सञ्चालनका नेपाल सरकारलाई दवाव दिन जरुरी छ ।
कार्यक्रममा प्रदेशका सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिमको २८ लाख जनसंख्यामा गतसातासम्म १२ लाख ९० हजार बढीले खोप लगाइसकेको बताए । यो संख्या बढाउन विषेश अभियान चलाउनु पर्नेमा उहाँले पनि जोड दिए ।
कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको हो । सो कार्यक्रमको प्राविधिक सहयोग विश्व स्वास्थ्य संगठनले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार