८ बैशाख २०८१, शनिबार

राष्ट्रिय सभाका अध्यक्षले गरे धनगढीमा पैदल यात्रा




धनगढी / स्वस्थ रहन हिँड्नु पर्छ भन्ने मान्यताका साथ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना सहितको टोलीले मुख्यमन्त्री कार्यालयदेखि शिवपुरी धामसम्म पैदल यात्रा गरेको छ ।
आइतबार विहान ६ः ३० बजे शुरु भएको पैदल यात्रामा सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला जोशी, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश सम्वाजिरो पाण्डव लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयको आयोजनामा भएको हो ।
सही खानपिन नहुँदा, व्यस्तताका कारण दैनिक अभ्यास नगर्दा नसर्ने रोग लाग्ने भएकोले रोग लाग्न नदिन हिँडडुल गर्नुपर्छ भन्ने सन्देश दिन सो कार्यक्रम गरिएको विश्व स्वास्थ्य संगठनका नेपालीस्थित कार्यालयका सञ्चार अधिकृत सुदन ज्ञवालीले बताए ।शिवपुरी पुगेको राष्ट्रिय सभाका अध्यक्ष सहितको टोलीलाई मन्दिर व्यवस्थापन समितिले स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार